वायुसेवा सञ्चालक संघमा मनोज कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

वायुसेवा सञ्चालक संघमा मनोज कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
तस्बिर : अशोक तुलाधर

काठमाडौं : आन्तरिक वायुसेवा सञ्चालक संघ, नेपालको २३औं वार्षिक साधरणसभाले नयाँ कार्यसमिति चयन गरको छ। योसँगै क्याप्टेन रामेश्वर थापाको कार्यकाल सक्किएको छ।

मनोज कार्कीको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो। कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रतापजंग पाण्डे, द्वितीय उपाध्यक्षमा निमानुरु शेर्पा, तृतीय उपाध्यक्षमा अनिल मानन्धर, महासचिवमा सुवास सापकोटा, सचिवमा मुरलीधर जोशी, कोषध्यक्षमा रुपेश जोशी चयन भए। त्यस्तै सदस्यहरूमा सुवास अमात्य, उमेश पनेरु, बालकृष्ण पण्डित, प्रज्जवल थापा, सेचन सुवेदी, उमेश आचार्य, फुर्वा छिरिङ शेर्पा र विजयसिंह श्रेष्ठ छन्।

संघको वार्षिक साधरणसभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संघको नयाँ कार्यसमितिलाई बधाई दिँदै उडान सुरक्षामा ध्यान दिन निर्देशन दिएका थिए। उनले निजी क्षेत्रलाई व्यवसायीमुखी मात्र नभई बजारमुखी हुन आग्रह गरे। नाफालाई मात्र ध्यान नदिई मुलुकका दुर्गम भेगमा उडान चलाउन आवश्यक रहेको उनको भनाइ छ। 

पर्यटनको रक्तसञ्चारको रूपमा हवाई क्षेत्र रहेको बताउँदै मन्त्री किरातीले सरकार, नियामक निकाय र निजी उड्डयन कम्पनीहरू मिलेर अघि बढ्नुपर्ने बताए। उड्डयन क्षेत्रमा भएका समस्या लिएर मन्त्रालय आउन आग्रह गर्दै मन्त्री किरातीले समस्या समाधानमा मन्त्रालय सधैं तयार रहेन प्रतिबद्धता जनाए।

null
 
कार्यक्रममा पर्यटन सचिव डा. दीपक काफ्लेले सरकारले नेपालको उड्डयन क्षेत्रलाई सार्वजनिक निजी साझेदारी अवधारणमा लैजान अध्ययन गरिरहेको जानकारी दिए। समयसापेक्ष रूपमा ऐन, नियम परिवर्तन गर्दै र हातेमालो गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपाली उड्डयनको क्षेत्रको धुमलिएको छबि सुधार्नुपर्ने जिकिर गरे।
 
वार्षिक साधरणसभा कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले निजी वायुसेवा कम्पनी र नियामक निकायबीचको मतभेदलाई अन्त्य गर्नुपर्ने बताए। नियामक निकायको रूपमा प्राधिकरणको विकल्प नभएको भन्दै अधिकारीले व्यवस्थापकीय सुधारमा चालिएको कदम हवाई सुरक्षा बढाउनमै केन्द्रित रहेको स्पष्ट पारे। उडान सेवाका क्रमममा आइपरेका समस्या सामाधानका लागि प्राधिकरण सधैं तयार रहेको महानिर्देशक अधिकारीले जानकारी दिए। 

संघका निवर्तमान अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सबै निजी वायुसेवा कम्पनीहरूले बजारमा प्रतिस्पर्धासँगै उड्डयन क्षेत्रमा विकास एक भएरअघि बढ्नुपर्ने बताए। संघले आगामी दिनमा पनि यात्रु सेवा तथा सुरक्षालाई ध्यानमा राखेर अघि बढ्ने विश्वास व्यक्त गरे। 

null

कार्यक्रममा संघका नवनियुक्त अध्यक्ष मनोज कार्कीले सरकार र नियामक निकायका नियम र कानुनलाई पालना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। संघले सुरक्षित हवाइ सेवाका लागि काम गर्ने अध्यक्ष कार्कीको भनाइ थियो। वार्षिक साधरणसभाको उपलक्ष्यमा पर्यटन तथा उड्डयन क्षेत्रका व्यक्तिहरूलाई सम्मान गरिएको थियो। सम्मान पाउनेमा प्राधिकरणका महानिर्देशक इ. प्रदीप अधिकारी, पूर्व महानिर्देशकहरू राजकुमार क्षेत्री, राजन पोखरेल, सञ्जीव गौतम, रतिशचन्द्रलाल सुमन, त्रिरत्नमानन्धर, रामप्रसाद न्यौपाने, केशवराज खनाल, यज्ञप्रसाद गौतम, राजेशराज दली र स्वर्गीय उपेन्द्र प्रसाद धिताल छन्। त्यस्तै उड्डयनसँग र पर्यटन तथा होटल व्यवसायसँग सम्बन्धित व्यक्तिहरूलाई पनि संघले सम्मान गरेको थियो। 

कार्यक्रममा संघको अगुवाइमा प्राधिकरणका पूर्व महानिर्देशक यज्ञप्रसाद गौतमको टिमले तयार पारेको यस क्षेत्रका समस्या, चुनौती र सुझावहरू पर्यटनमन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.