प्रतिनिधिसभा बैठक बस्दै,के छ कार्यसूची ?
काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यहरूको नाम हेरफेर गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।
बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्नेलगायत कार्यसूची छ।