बैठकमा उठेका विषयमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

बैठकमा उठेका विषयमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित विपक्षी दलका सांसदहरूले आफूहरूले उठाएका विषयमा सरकार गम्भीर नभएको भन्दै अवरोध जनाएपछि सभामुख घिमिरेले फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्।

सभामुखले भने,' यसअघिका बैठकमा माननीय सांसदहरूले उठाएका विषयमा संसदमा उपस्थित भएर जवाफ दिन निर्देशन दिइसकेको छ। आजको बैठकमा माननीय सदस्यहरूले उठाएका विषयमा फागुन २१ गते बस्ने बैठकमा उपस्थित भएर जवाफ दिन नेपाल सरकारलाई निर्देशन गर्दछु।'

एमाले सांसदहरूले बालकुमारी घटनाको दोषी मन्त्री प्रकाश ज्वालालाई बर्खास्त नगरेको भन्दै आपत्ती जनाएका थिए। सो घटनालाई गम्भीररुपले लिएर जवाफ दिनुपर्नेमा प्रधानमन्त्री पन्छिन खोजेको आरोप लगाए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.