गाजामा इजरायली आक्रमण, ७ इजरायली बन्धक मारिएको हमासको दाबी

गाजामा इजरायली आक्रमण, ७ इजरायली बन्धक मारिएको हमासको दाबी

हमासले गाजा पट्टीमा बन्धक बनाएका ७ जनाको मृत्यु भएको दाबी गरेको छ । हमासले इजरायली बमबारीका कारण ७ बन्धकहरूको मृत्यु भएको बताएको छ।

हमासले मारिएका बन्धकहरूको संख्या ७० भन्दा बढी हुन सक्ने बताएको छ ।

ज्यान गुमाउने सात बन्धकहरू पहिले नै मारिएका ३१ बन्धकहरूमा पर्छन् वा पर्दैनन् भन्ने पनि स्पष्ट पारिएको छैन।

यस सम्बन्धमा इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन र न हमासले कुनै ठोस प्रमाण पेश गरेको छ ।

हमासले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेको थियो। सो क्रममा २५३ मानिसहरूलाई बन्धक बनाएको थियो। इजरायलका अनुसार हमासको उक्त हमलामा इजरालका १२ सय मानिस मारिएका छन् ।

इजरायलले यसविरुद्ध कडा कारबाही गरेको थियो। गाजामा ठूलो मात्रामा बमबारी गरेको थियो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण गाजामा हालसम्म ३० हजार प्यालेस्टाइनी मारिएको दाबी गरेको छ ।

नोभेम्बरमा हमासले अस्थायी युद्धविराम सम्झौता अन्तर्गत १०५ इजरायली बन्धकहरूलाई रिहा गरेको थियो। बदलामा २४० प्यालेस्टिनी बन्धकलाई हमासले रिहा गरेको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.