राजेन्द्र अर्यालसहित २९ जना बने सरकारका पर्यटन प्रवर्द्धक दूत

राजेन्द्र अर्यालसहित २९ जना बने सरकारका पर्यटन प्रवर्द्धक दूत

साउदी : साउदीमा व्यावसायिक रुपमा कार्यरत राजेन्द्र अर्याल नेपाल सरकारको पर्यटन प्रवर्द्धक (दूत)मा नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्याललाई साउदीका लागि प्रवर्द्धक नियुक्त गरेको हो।

एनआरएन मध्यपूर्व  संयोजक समेत रहेका अर्याल  पहिलोपटक पर्यटन प्रवर्द्धक’ नियुक्त भएका हुन्। नियुक्तिपछि अर्यालले साउदी नेपाली बीचको कुटनीतिक सदभावमा सहयोग गर्ने  तथा नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धनमा सक्दो योगदान गर्नुको साथै पर्यटन बोर्डका कार्यक्रमहरू सफल पार्न सहयोग तथा सहजीकरण गर्ने, नेपाल सरकार, पर्यटन बोर्ड तथा साउदी  दूतावास, वाणिज्यदूतसँग समन्वय गरी प्रवर्द्धनात्मक कार्यहरू गर्ने रहेको बताए।

सरकारले  विभिन्न मुलुकमा २९ जनालाई पर्यटन प्रवर्द्धक नियुक्त गरेको छ। कतारका लागि राजेन्द्र कुमार शर्मा,  माल्टाका प्रकाश भण्डारी, युकेका लागि सोमनाथ  सापकोटा ,  संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनियाको लागि विनोद अधिकारी, न्यूयोर्कको लागि गोकुल श्रेष्ठ, नर्थ क्यारोलिनाको लागि विक्रम घिमिरे, मेरिल्याण्डको लागि राजु पराजुली र बोष्टनको लागि मिलन गुरुङ, संयुक्त अधिराज्य तर्फ वेल्सको लागि सोमनाथ सापकोटा र आयरल्याण्डको लागि बसन्त न्यौपाने, क्यानडामा टोरन्टोको लागि सुमन अधिकारी, ब्रम्पाटोन सिटिको लागि बेखामान व्यञ्जनकार, एडमोन्टोन सिटीको लागि सुवास गिरि, कलग्यारी सिटीमा सन्तोषराज दाहाल र ह्याम्पसायर सिटीको लागि सन्तोसराज दाहाललाई  पर्यटन प्रवर्द्धक दूतका लागि नियुक्त गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.