जीर्ण भवनबाट सेवा दिँदै प्रहरी

जीर्ण भवनबाट सेवा दिँदै प्रहरी

जोमसोम : मुस्ताङमा अधिकांश प्रहरी इकाई रहेको भवन जीर्ण छ। जिल्लामा रहेका प्रहरीका १३ इकाईमध्ये ८ वटा प्रहरी इकाईका प्रहरीहरु विभिन्न संघसंस्थाको जीर्ण भवनमा वर्षौदेखि बसिरहेका छन्। 

इलाका प्रहरी कार्यालय मुक्तिनाथको भवन निर्माणाधीन अवस्थामा छ। प्रहरी चौकी छोसेरले जग्गा प्राप्ति गरेको छ भने प्रहरी चौकी कागबेनीको जग्गा प्राप्तिको प्रक्रियामा छ। यसबाहेक अन्य प्रहरी इकाईको नत जग्गा छ, नत भवन बनेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रहरी चौकी छोन्हुप, प्रहरी चौकी घमी, प्रहरी चौकी चराङ, इलाका प्रहरी कार्यालय छुसाङ,प्रहरी चौकी कागबेनी, प्रहरी चौकी सुर्खाङ र प्रहरी चौकी कोवाङको जग्गा र भवन छैन। जिल्लामा ५ वटा इलाका प्रहरी कार्यालय र ७ वटा प्रहरी चौकी छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङको  भौतिक संरचना निर्माण भइसकेको छ। यसैगरी इलाका प्रहरी कार्यालय लेते, प्रहरी चौकी घाँसा र इलाका प्रहरी कार्यालय लोमान्थाङको पनि आफ्नै भवन बनिसकेको छ।

प्रहरी चौकी सुर्खाङ विद्यालय भवनमा, प्रहरी चौकी छोन्हुप साविक गाविस भवनमा, प्रहरी चौकी छोसेर नेचुङ भन्सार कार्यालयमा, इलाका प्रहरी कार्यालय मुक्तिनाथ धर्मशालामा, इलाका प्रहरी कार्यालय छुसाङ एक्याप र आमा समूहको भवनमा, प्रहरी चौकी चराङ विद्यालयको भवनमा, प्रहरी चौकी कोवाङ व्यक्तिको घरमा भाडामा र प्रहरी चौकी कागबेनी वडा कार्यालय भवनमा बस्दै आइरहेका छन्। 

इकाईहरुको व्यवस्थापन र भौतिक संरचना निर्माणमा राज्यले ध्यान नदिँदा दुरदराजका प्रहरीहरुले अनेक प्रकारको समस्या झेल्नु परेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले मुस्ताङमा मुख्य गरी प्रहरीका १३ इकाईमध्ये ८ वटा प्रहरी इकाईको जग्गा र भवन दुवै नभएको तर जग्गा प्राप्तिको प्रक्रियामा रहेको जानकारी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.