डेढ करोडको सामानसहितको ट्रक र पिकअप प्रहरी नियन्त्रणमा

डेढ करोडको सामानसहितको ट्रक र पिकअप प्रहरी नियन्त्रणमा

वीरगन्ज : वीरगन्जबाट प्रहरीले तस्करीको सामान भित्र्याएको आशंकामा एउटा मालवाहक ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ।

कपडा र किताब गरी एक करोड ४२ लाख ७८ हजार १२० रुपैयाँ बराबरको सामान लिएर काठमाडौं जाँदै गरेको मालवाहक ट्रक र पिकअप गाडी  प्रहरीले नियन्त्रणमा लिएको हो।

वीरगन्जस्थित एकिकृत भन्सार जाँच चौकीबाट भन्सार जाँचपास भई भित्रिएको बीआर २२ जीए ४९१६ नम्बरको पिकअप र ना ४ ख ९८७ नम्बरको ट्रक शुक्रबार बेलुकी वीरगन्ज-२५ ड्राइपोर्ट चोकबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

उनका अनुसार प्रहरीले शंका लागेर ती दुवै मालवाहक गाडी रोकेर चेकजाँच गर्दा बिलबिजकभन्दा बढी मूल्यको सामान भेटिएको तथा बिलबिजक लगायतका कागजात पनि शंकास्पद भएको देखिएपछि सामानसहितको दुवै गाडी नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएको सामानसहतको दुवै गाडीको थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.