सेयर बजारको सेन्टिमेन्ट र कारोबारमा पार्ने प्रभाव

सेयर बजारको सेन्टिमेन्ट र कारोबारमा पार्ने प्रभाव
सुन्नुहोस्

सेयर बजारको सेन्टिमेन्ट भन्नाले वर्तमान समयमा सेयर बजारप्रति लगानीकर्ताहरूको विद्यमान धारणालाई जनाउँछ। अर्को शब्दमा भन्नुपर्दा सेयर बजारको सूचकांक वा कुनै कम्पनीको सेयर मूल्यमा लगानीकर्ता, ब्रोकरको आकर्षण र बजारमा हुने अनुमानित मूल्यप्रति लगानीकर्ताहरूको सामान्य दृष्टिकोणलाई जनाउँछ। बजारको सेन्टिमेन्ट आर्थिक प्रतिवेदन, मौसमी कारणहरू, राजनैतिक घटनाक्रम र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरूसहित विभिन्न कारणहरूले प्रभावित हुन्छ। 

जब लगानीकर्ताहरूले धितोपत्र बजारमा सेयरमूल्य वृद्धिको अपेक्षा गर्छन् भने उक्त भावनालाई बुलिस मानिन्छ। यसविपरीत, लगानीकर्ताहरूले धितोपत्र बजारमा सेयर मूल्य गिरावटको अपेक्षा गर्छन् भने उक्त भावनालाई वियरिस मानिन्छ। सँगसँगै बजारको अर्को एउटा महत्वपूर्ण भावना पनि छ जसलाई साइडवेज भनिन्छ। जसमा लगानीकर्ताहरूले आगामी बुलिस यात्राको तयारीका लागि सेयर सस्तो मूल्यमा जम्मा गर्ने गर्छन्।  

नेपालको सेयर बजार पनि सोही भावनामा अनुरूप चलिरहेको देख्न पाइन्छ। विगतका बजारको भावनालाई हेर्दा नयाँ तथा पुराना सम्पूर्ण लगानीकर्ताहरूलाई नेपालको आजको बजारले लगानीको सुवर्ण अवसर प्रदान गरेको अनुभूति हुन्छ। 

पछिल्लो बजारको भावनालाई मध्यनजर गर्ने हो भने २०७६ मंसिर महिनामा बनाएको ११०० को तल्लो बिन्दुलाई वियरिस मार्केटको अन्तिम बिन्दु हो। उक्त बिन्दुबाट बढेको नेप्से ६३३ दिनको यात्रापछि ३२२७ सम्म पुगेको थियो। उक्त बुलिस भावनामा नेप्सेको २१२५ अंकको वृद्धि थियो। त्यसैगरी ३२२७ बाट घटेर नेप्से इन्डेक्स १८०७ सम्म झरेको थियो। जुन वियरिस भावनाअन्तर्गत पर्दछ र उक्त वियरिस भावनामा १४२० अंकको गिरावट ३०९ दिनमा पूरा गरेको थियो। हाल नेप्से साइडवेज अवस्थामा रहेको छ। १८०७ देखि २२७८ (४७० अंक) को बीचमा ६१८ दिनदेखि रुमलिरहेको छ। बजारका भावनाहरू परिवर्तन भइरहन्छ। परिवर्तनशील भावना बुलिस, वियरिस र साइडवेजको क्रममा चलिरहन्छ। यस्तो अवस्थामा बजारको क्रमअनुसार लगानीकर्ताहरूले बजारको भावना बुझेर लगानी गर्ने हो भने सदैब बजारबाट राम्रो आम्दानी गर्न सक्छन्। लगानीकर्ताहरू पनि विभिन्न प्रकारका हुने भएकाले बजार सबैको लागि हो तर बजारमा प्रयोग हुने रणनीति भने सबैका लागि एकै हुँदैन। लगानीकर्ताको प्रकृति अनुरूप रणनीतिहरू पनि फरकफरक हुन्छन्। 

बुलिस सेन्टिमेन्ट 

बुलिस सेन्टिमेन्टमा चलेको बजारमा सबै लगानीकर्ताहरूलाई नाफा भइरहेको हुन्छ र सबै लगानीकर्ताहरू बढ्दो बजारमा बढ्दो सेयर मूल्यमा खरिद गर्न उत्साहित हुन्छ। जसले बजारलाई पुराना अवरोधहरू पार गर्न मद्दत गर्दछ। यस भावनामा चलेको बजारमा कुनै पनि कम्पनीको सेयर मूल्य लगानीकर्ताहरूलाई महँगो वा ओभर भ्यालुड लाग्दैन।

जसको परिणामस्वरूप स्टक मूल्य कम्पनीको अवस्थाको हिसाबले धेरै नै माथि कारोबार भइरहेको हुन्छ र लगानीकर्ताहरू उक्त स्टकको मूल्य चलिरहेको मूल्यभन्दा माथि नै कारोबार हुन्छ र खरिदपश्चात् राम्रो प्रतिफलको आशामा खरिद गरिरहेका हुन्छन्। त्यसैगरी कम्पनीहरूको आर्थिक प्रतिवेदन पनि उक्त समयमा राम्रो आउने हुन्छ। 

बजारमा उच्च तरलताका कारण लगभग सबै कम्पनीहरूको कारोबार राम्रो भएको कारणले गर्दा कम्पनीहरूले राम्रो लाभांश र बोनसको घोषण गर्छन्। फलस्वरूप स्टकको मूल्यमा निरन्तर चढाव देख्न पाइन्छ। बुलिस सेन्टिमेन्टमा लगानीकर्ताले कम्पनीको आधारभूत विश्लेषण नगरी हल्लाको भरमा धेरै लगानी गर्न उत्प्रेरित हुन्छन्। स्टकको स–साना राम्रा समाचारहरू देखेर लगानीकर्ताहरू लोभिने गर्छन्। बुलिस सेन्टिमेन्टको अन्त हुन लागेको वा भएको थाहा हुँदैन तर सबै लगानीकर्ताहरू बजारप्रति अत्यधिक आशावादी भए पछि बजारको बुलिस सेन्टिमेन्ट अन्त्य भएको पाइएको छ।

वियरिस सेन्टिमेन्ट 
 

बजार वियरिस सेन्टिमेन्टमा भएको बेलामा नेपालको सन्दर्भमा भने फाइदा गर्न सकिँदैन। नेपालको सेयर बजार एकतर्फी भएको कारणले गर्दा वियरिस सेन्टिमेन्टमा कुनै पनि लगानीकर्तालाई फाइदा हुँदैन। हुने मात्र नोक्सान हो कोही लगानीकर्तालाई थोरै त कसैलाई धेरै हुने गर्छ। वियरिस सेन्टिमेन्टमा निरन्तर बजार ओरालो लागिरहन्छ र लगानीकर्ताको सम्पत्ति घट्दै जान्छ। जसका कारण धेरै लगानीकर्ताहरूले आफ्नो सम्पत्ति गुमाउँछन्। वियरिस सेन्टिमेन्टमा लगानीकर्ताहरूलाई स्टकको मूल्य सधैं महँगो वा आभर भ्याल्युड लाग्छ। जसका कारण लगानीकर्ता सस्तो मूल्यमा पनि स्टक खरिद गर्न इच्छुक हुँदैनन्। यस सेन्टिमेन्टमा बजारमा सेयर खरिदकर्ता कम हुन्छन् फलस्वरूप माग र आपूर्तिको सिद्धान्तले पनि मागभन्दा आपूर्ति बढी हुने भएकोले पनि सेयरको मूल्य घढ्दै जान्छ। 

जस्तोसुकै आधारभूत राम्रो भएको कम्पनीको स्टक मूल्य निरन्तर घटेको देख्न पाइन्छ। यस अवस्थामा जस्तोसुकै राम्रो समाचारले पनि कम्पनीप्रति लगानीकर्ताको धारणा परिवर्तन गर्न सक्दैन। वियरिस सेन्टिमेन्टको अन्त्य हुन लागेको थाहा पाउनलाई लगानीकर्ताहरू कुन मूल्य सम्म सेयर बेच्न तयार छन् त्यसबाट थाहा पाउन सकिन्छ। यदि घटेर लगानीकर्ताले आफ्नो सेयर बेच्दैनन् भने वियरिस सेन्टिमेन्ट सकिन लागेको संकेत मानिन्छ। 

साइडवेज सेन्टिमेन्ट  

वियरिस मार्केटको अन्त्यपछि साइडवेज सेन्टिमेन्ट सुरु हुन्छ। जसमा लगानीकर्ताहरू एउटा मूल्यमा आएर सेयर खरिद गर्न सुरु गर्छन् र नयाँ बुलिस यात्राको तयारीमा सेयर जम्मा गर्न थाल्छन्। साइडवेज मार्केटमा मूल्यहरू स्पष्ट रूपमा माथि र तल गरी एउटा तेस्रो प्रवृत्तिमा चल्छ। बजारको सपोट र प्रतिरोधले साइडवेज बजार पहिचान गर्ने मद्दत पु¥याउँछ। लगानीकर्ताले मूल्यको दायरामा रहेर खरिद बिक्री गर्छन्। 

यस्तो बजारमा कारोबार गर्न सहज हुन्छ र निरन्तर रूपमा खरिद बिक्रीको मूल्य एकैनासको हुन सक्छ र नाफा कम भए पनि निरन्तर कारोबार गर्न भने लगानीकर्ताहरू सक्षम रहन्छन् र सीमित दायरामा खरिद बिक्री हुने भएकाले लागत भने बढ्न जान्छ। यस अवस्थामा तल्लो दायरा (सपोट)मा खरिद गर्नु र माथिल्लो दायरा (प्रतिरोध)मा बिक्री गर्नु सबैको साझा रणनीति हुन्छ। साइडवेज मार्केटको अन्त्य भएको जानकारी निरन्तर भइरहेको प्रतिरोधको ब्रेकआउटलाई मान्न सकिन्छ। 

(भट्टराई, सेयर बजारमा प्राविधिक विश्लेषकको रूपमा कार्यरत रहेका छन्।) 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.