बागमती टाइब्रेकरमा स्तब्ध, एपिएफ झापा गोल्डकपको सेमिफाइनल

बागमती टाइब्रेकरमा स्तब्ध, एपिएफ झापा गोल्डकपको सेमिफाइनल
सुन्नुहोस्

झापा : विभागीय टोली सशस्त्रको एपिएफ छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ। बिर्तामोडस्थित डोमालाल रंगशालामा सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा टाइब्रेकरमा एपिएफले बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो। 

एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए। बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए।

एपिएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो। सि डिभिजनको बागमती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो। बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा गोल गर्न सकेन।

खेलको १० औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन। २६ औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफका गोलरक्षक श्रेष्ठले पञ्च गरेर बचाए। बागमतीका निर्मल घिसिङको फ्रिकिक बारको नजिकैबाट बाहिरिएको थियो।

खेलको ५४ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो। खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपिएफको फिनिसिङमा कमजोरी देखिएको थियो। खेलको प्लेयर अफ द म्याच एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए। उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए।

मंगलबारको दोस्रो क्वार्टरफाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुने गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.