सेयर बजारमा उचारचढाव : डेढ घन्टामा ४५ अंक बढिको गिरावट
काठमाडौं : सेयर बजार ४५.५८ अंकले ओरालो लागेको छ। मंगलबार बिहान प्री ओपन सेसनमा १७ अंकले बढेको नेप्से नियमित कारोबार सुरू भएको डेढ घन्टाको अवधिमा ४५.५८ अंकले घटेको हो।
११ बजेर २५ मिनेट जाँदा नेप्से ४५ अंकले घटेर २०३१.४२ विन्दुमा कायम भएको छ।
अहिले २६३ कम्पनीको २९ लाख ६५ हजार १५९ कित्ता सेयर १ अर्ब ५३ करोड ८३ लाख २ हजार ८१५ रुपैयाँमा खरिदबिक्री भएका छन्।
अघिल्लो कारोबार दिन सोमबार नेप्सेमा तीन पटक सर्किट ब्रेक लागेर दिनभरका लागि कारोबार बन्द भएको थियो।