सेयर बजारमा ७० अंकको गिरावट

सेयर बजारमा ७० अंकको गिरावट
सुन्नुहोस्

काठमाडौं : साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक भारी अंकले  घटेको छ। नेप्से परिसूचक ७०.३१ अंकले  घटेर २००७.६९ विन्दुमा कायम भएको छ।

दोस्रो कारोबार दिन सोमबार तीन पटक सर्किट ब्रेक लागेर दिनभरका लागि कारोबार नै बन्द भएको थियो। त्यसअघि आइतबार नेप्से ११.७८ अंकले घटेको थियो।

यसदिन ३१६ कम्पनीको  १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड  ३६ लाख ७६ हजार ९५८ रुपैयाँमा खरिदबिक्री भए। सेन्सेटिभ इन्डेक्स ३.२४ प्रतिशतले ओरालो लाग्यो। कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ८.७३ प्रतिशतले बढ्यो।  बोटलर्स नेपाल (बालाजु)का र जोशी हाइड्रोपावर डेभलपमेन्टको लगानीकर्ताले गुमाए। दुवै कम्पनीको मूल्य १० प्रतिशतले घटेको हो।

कारोबार रकमका आधारमा सोनापुर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४१ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी शिवम् सिमेन्टको २४ करोड,घोराही सिमेन्टको १४ करोड,जोशी हाइड्रोपावरको १३ करोड र हिमालयन रिइन्स्योरेन्सको १२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

म्युचुअल फण्ड बाहेक अन्य उपसमूहको सूचक नकारात्मक देखिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.