पर्यटकीय वैकल्पिक पदमार्गको मर्मत

पर्यटकीय वैकल्पिक पदमार्गको मर्मत
सुन्नुहोस्

जोमसोम : यातायात सञ्जालले ओझेलमा परेका वैकल्पिक पदमार्ग तथा प्रयोगविहीन अवस्थाका जीर्ण पदमार्गहरूको मर्मत तथा सुधारलाई गर्न थालेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले पर्यटकीय पदमार्गहरूको मर्मत तथा सुधारमा प्राथमिकता दिएको हो। 

चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले विशेष तीन वैकल्पिक पदमार्गको मर्मत  तथा सुधारमा जोड दिएको छ। अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङबाट मुस्ताङ प्रवेश गर्ने थोरङ्लापासदेखि म्याग्दी र मुस्ताङको अन्तिम बिन्दु थासाङ गाउँपालिका—४ पैरोथाप्लासम्मको उक्त पदमार्गको मर्मत तथा सुधारमा एक्यापले उच्च प्राथमिकता दिएको छ।

एक्याप मुस्ताङले थोरङ्लापास वैकल्पिक पदमार्ग, तिलिचो पदमार्ग र सौरु—सिर्खुम वैकल्पिक पदमार्ग मर्मत सुधार गर्दै गरेको बताइएको छ। यी वैकल्पिक पदमार्ग सडक तथा विभिन्न कारणले जीर्ण बन्दै गइरहेका थिए। एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले पर्यटकीय वैकल्पिक पदमार्गको मर्मत सुधार गरी पर्यटकका लागि सहज बनाइएको जानकारी दिए। उनले चालु वर्षको विनियोजित बजेटले गत कात्तिकदेखि एक्यापले तीन पदमार्गको मर्मत सुधार गर्दै गरेको बताए।

एक्यापका अनुसार मनाङहुँदै मुस्ताङ भित्रिने पर्यटकका लागि थोरङ्लापासदेखि मुक्तिनाथसम्म, घरपझोङ गाउँपालिका—५ ठिनीदेखि तिलिचो पदमार्गको मेसोकोन्दोपाससम्म  र थासाङ गाउँपालिका—२ को सौरुदेखि सिर्खुमसम्मको वैकल्पिक पदमार्गको मर्मत तथा सुधार भइरहेको कार्यालय प्रमुख रेग्मीको भनाइ छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप मुस्ताङले पर्यटकीय पदमार्ग मर्मतसँगै पर्यटकीय पदमार्गहरूमा साइन पोस्टिङ गर्ने, अन्नपूर्ण संरक्षण भित्र पर्यटकले अवाञ्छित गतिविधि हुन नदिन पर्यटकले गर्न हुने र नहुने कार्य र पर्यटकीय पदमार्ग हुँदै पुग्न सकिने पर्यटकीय गन्तव्यहरूको जानकारीमूलक सूचना बोर्डहरू टाँस्ने कामलाई अघि बढाएको कार्यालय प्रमुख रेग्मीले उल्लेख गरे। 

एक्यापले मुक्तिनाथदेखि वारागुङ मुक्तिक्षेत्र—१ लुप्रासम्मको वैकल्पिक पदमार्ग साइन पोस्टिङ गर्ने जानकारीमूलक सूचनाबोर्डको पुनर्लेखन गर्ने र आवश्यकताअनुसार स्थापना गर्ने काम भइरहेको बताए। वैकल्पिक पदमार्गमा यात्रा गर्दा पर्यटक अलमलमा नपरून् भन्ने उद्देश्यले राखिएको साइन पोस्टिङले पदमार्गमा यात्रा गर्ने पर्यटकलाई निकै ठूलो सहयोग पुग्ने कार्यालय प्रमुख रेग्मीको विश्वास छ।

यसैगरी, मुस्ताङको ठिनी हुँदै तिलिचो जाने पदमार्गको मर्मत तथा सुधारको सर्भे र त्यहाँ साइन सर्भे भइसकेको र चाँडै त्यहाँ पदमार्ग मर्मतसुधार तथा जानकारीमूलक सूचना बोर्डकोप पुनर्लेखन गरी पुनस्र्थापना गर्ने योजना रहेको बताए। एक्यापले अपुग भएका पर्यटकीय पदमार्गहरूका लागि साइन पोस्टिङ तथा जानकारीमूलक सूचना बोर्ड लेखन कार्यलगायतको सर्भे सम्पन्न गरेको बताएको छ।

मुस्ताङमा पर्यटकीय पदमार्ग स्तरोन्नति गर्ने क्रममा छैरो—चिमाङ पदमार्ग, चिमाङ—छैरो पदमार्ग र सौरु—सिर्खुम पदमार्ग र टिटी, कुञ्जो, झिप्रा देउराली हुँदै पेरोथाप्ला पदमार्गहरूमा साइन पोस्टिङसहित पर्यटक लक्षित साइन पोस्टिङ र सूचना बोर्डहरू राख्ने कार्य सकिएको छ। यसैगरी बेनी—जोमसोम राष्ट्रिय राजमार्ग नजिकै पर्ने लेते—कैकु पर्यटकीय वैकल्पिक पदमार्गको समेत सर्भे सम्पन्न गरेको छ।

यसैगरी, वैकल्पिक पदमार्गहरू परेका स्थानमा फोहोर व्यवस्थापन गर्ने कार्यममा समेत जोड दिएको छ। एक्यापले पर्यटकले यात्रा गर्ने पदमार्गहरूमा आवश्यकता निर्धारण गरेर फोहोर राख्ने डस्टबिनको समेत व्यवस्था गरेको कार्यालय प्रमुख रेग्मीले जानकारी दिए।

पछिल्लो समय सडक सञ्जालका कारण मुस्ताङका पर्यटकीय पदमार्गहरू ओझेलमा पर्दै गइरहेका छन् भने भएका पदमार्गसमेत पर्यटकले यात्रा गर्न छाडेपछि जीर्ण बन्दै गइरहेको छ। सडक यातायातका कारण मुस्ताङमा पर्यटक पदमार्गहरूको अस्तित्व समाप्त हुन थालेकाले यसको मर्मत सुधार र संरक्षणको आवश्यकता परेको हो। 

हवाईमार्ग तथा सडक यातायातका कारण कतिपय पर्यटकले पर्यटकीय पदमार्गमा हिँड्न छाडिसकेका छन् भने वैकल्पिक पदमार्ग प्रयोग नगरी राजमार्ग सडक प्रयोग गरी हिँड्ने पर्यटकले समेत सवारीसाधनको धुवाँ र धुलो खानपर्ने आवश्यकता छ। राउन्ड अन्नपूर्ण हुँदै मुस्ताङ भित्रिने निकै कम पर्यटकले मात्र वैकल्पिक पदमार्ग प्रयोग गरेको पाइएको छ भने अधिकांशले राजमार्ग सडक तथा सवारीसाधनमा यात्रा गर्ने गरेका छन्।

यसैगरी राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकका कारण मुस्ताङमा दर्जनौं वैकल्पिक पर्यटक पदमार्ग माँसिएका छन् भने पर्यटकका लागि सरोकारवाला निकायले नयाँ वैकल्पिक पदमार्ग पहिचानमा जोड दिन नसक्दा पदमार्गहरूको अस्तित्व संकटमा पर्न थालेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.