सरकारमा सहभागी हुने/नहुनेबारे एकीकृत समाजवादीले आज निर्णय गर्ने

सरकारमा सहभागी हुने/नहुनेबारे एकीकृत समाजवादीले आज निर्णय गर्ने
सुन्नुहोस्

काठमाडौं : नयाँ गठबन्धनको सरकारमा सहभागी हुने /नहुने  विषयमा टुङ्गो लगाउन नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अहिले बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विविध विषयमा छलफल हुने पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन्।

पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरण फेरिएपछि नेपका माओवादी केन्द्र र नेकपा एमालेले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।  बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य,निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने जनाइएको छ।

यसअघि मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ,एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू कोटेश्वरस्थित माधव कुमार नेपालको घरमा पुगेर नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.