हिउँमा फसेका जुम्लाका ८ जनाको हेलिकोप्टरबाट उद्धार

हिउँमा फसेका जुम्लाका ८ जनाको हेलिकोप्टरबाट उद्धार
सुन्नुहोस्

वीरेन्द्रनगर : जुम्लामा हिउँमा फसेका स्थानीय ८ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।  हिमपातका कारण फागुन १८ गतेदेखि जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गिडिदह बजेडी पाटनमा अलपत्र परेका स्थानीय ८ जनालाई उद्धार गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी इन्सपेक्टर उमेशबहादुर चन्दले जुम्ला तातोपानी गाउँपालिका-४ गिडी दह र बजेरी चौर पाटनमा जडिबुटी संकलन गएर हिउँमा फसेका ८ जनामध्ये २ जनाको सकुशल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको र बाँकी ६ जनालाई उद्धारका लागि हेलिकोप्टर पाटनतिर गएको जानकारी दिए। 

उनका अनुसार हिउँमा फसेका तातोपानी गाउँपालिका अजबहादुर रावत, दिपा रावत, गौरि रावत, हरिसोभा रावत, ससिला रावत, जगमति रोकाया, संसार थापा र गोरि रावत रहेका छन्। जसमा दुई जनाको उद्धार भइसकेको छ। 

प्रहरीका अनुसार सफा मौसम भएका बेला पाटनतिर जडिबुटी संकलन गर्न गएको र एकाएक पाटन हिउँले ढपक्कै पारेपछि उनीहरू उतै हिउँमा फसेका थिए। हिउँ पग्लिन केही दिन लाग्ने भएकाले घरबाट लगेको खाना सकिएको र घर फर्कन पनि नसक्ने अवस्था भएकाले उनीहरुले उद्धारका लागि आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.