सुदूरपश्चिममा समाजवादीले समर्थन फिर्ता लिंदै, अल्पमतमा परे मुख्यमन्त्री शाह

सुदूरपश्चिममा समाजवादीले समर्थन फिर्ता लिंदै, अल्पमतमा परे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीले पनि मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ। समाजवादीका ४ जना प्रदेश सभा सदस्य छन्। योसँगै मुख्यमन्त्री शाह अल्पमतमा परेका छन्। 

केन्द्रमा समाजवादी नयाँ सत्ता गठबन्धनमा सहभागी भएसँगै सुदूरपश्चिममा पनि मुख्यमन्त्री कमलबहादुर शाहलाई दिइएको समर्थन फिर्ता लिने निर्णयमा पुगेको हो। आज (बिहीबार) १० बजे संसदीय दलको बैठक बसेर सरकारलाई दिईएको समर्थन फिर्ता लिने तयारी भएको समाजवादी संसदीय दलको कार्यालय स्रोतले जनाएको छ।

योसँगै सुदूरपश्चिमका मुख्यमन्त्री अल्पमतमा परेका छन्। बुधबार नेकपा माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिएको थियो। समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन रहन्छ।  नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ जना  र स्वतन्त्र १ जना गरी २६ जनाको मात्रै मुख्यमन्त्री शाहलाई समर्थन रहने छ। 

स्तन्त्र सांसद डाक्टर तारादत्त जोशी भने अहिले पर्ख र हेरको अवस्थामा छन्। उनी अहिलेसम्म कुनै पनि निर्णयमा नपुगेको बताएका छन्। 

तर नागरिक उन्मुक्ति अझै सत्ता गठबन्धनमा सहभागी नभएकाले सुदूरपश्चिममा सरकार बनाउन नयाँ गठबन्धनलाई पनि बहुमत नपुग्ने देखिन्छ। समाजवादीले समर्थन फिर्ता लिएसँगै शाहसँग २६ र नयाँ गठबन्धनमा २५ जना भएका छन्। राप्रपाका एकजना प्रदेश सभा सदस्यले पुरानो गठबन्धनमा विपक्षमा भोट हालेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.