मध्यरातको पूजा महाशिवरात्रि

मध्यरातको पूजा महाशिवरात्रि
फाइल तस्बिर।
सुन्नुहोस्

विश्वमै पञ्चमुखी शिवलिंगको ठूलो महत्व रहेको छ। अन्यत्र कतै नभएको पञ्चमुखी शिवलिंगको पूर्वी मुख शिवको हो भने पश्चिम मुख नन्दी स्वरूपको हो। जसमा रहेको उत्तरमुखलाई उमा अनि दक्षिणमुखलाई भैरव स्वरूप मानिएको छ। माथितिरको मुख महादेवको हो। यस्तै पूर्वी मुख तत्पुरुष, उत्तर वामदेव, पश्चिम सद्योजात र दक्षिणमुख अघोरका रूपमा लिइन्छ भने ऊध्र्वमुखलाई इशान भनिन्छ। प्रत्येक मुखलाई ब्रह्माण्डका चारै दिशा र आकाश भागसम्मका रूपमा चित्रण गरिएको छ। सम्पूर्ण जीव र जगत् जहाँबाट उदय हुन्छ र जहाँ विलय हुन्छ, त्यो क्षेत्र शिवलिंग हो।

मूलतः महाशिवरात्रि अर्थात् फाल्गुन कृष्णचतुर्दशी साक्षात् शिवजी निराकारबाट साकार रूपमा प्रकट भएको दिन हो। अपितु शंकर भगवान् विशालकार्य अग्निलिंगमा प्रकट हुनुभएको दिनका रूपमा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक मनाइन्छ। भगवदुत्पत्तिसँगै यो सृष्टिको पनि आरम्भ भएको हो। यसरी शिव आर्यावर्तको परमपावन नेपालभूमिमा अवतरण हुनुभएको आजको दिनलाई शिवरात्री पर्वका रूपमा भक्तिभावपूर्वक पूजा, आराधना, उपवास, जाग्राम गरेर मनाइन्छ। सम्पूर्ण प्राणीको पालक, रक्षक, भगवान्, शिव अलौकिक र शाश्वत हुनुहुन्छ। सबैको कल्याण गर्ने भगवान् शिव नै पशुपतिनाथ, विश्वनाथ, रुद्र, शंकर, अनेक नाम र अनेक रूपमा यस धर्तीमा प्रकट हुनुभएको छ। 

श्री पशुपतिनाथको स्तुति, पूजा, आराधना, मन्त्रको जप र यिनको महात्म्यबारे वेद, पुराण, धार्मिक साहित्यक र तान्त्रिक ग्रन्थहरूमा अति विस्तृत रूपमा पाइन्छ। भगवान् शिवको स्वरूपको दर्शन पाएका सन्त, तपस्वी, यशस्वी महापुरुषहरूले उहाँको परिकल्पना गरेका छन्। हामी प्राणीसँग दुइटा चर्मचक्षु त छ तर, तेस्रो ज्ञानचक्षु छैन। शिवको तेस्रो नेत्रको आराधना गरेमा हामीलाई ज्ञानको ढोेका खुला हुन्छ र क्षणिक संसारको आभास मिल्छ। हामीलाई शाश्वत शान्तिको ढोका हो भन्ने तथ्यलाई आज शिवरात्रीको दिनमा हामीले स्मरण गर्न सकेमा हामीलाई परम शान्ति हुन्छ। प्रत्येक साल फाल्गुन कृष्ण चतुर्दशीको दिन मनाइने महाशिवरात्रीमा शिवको पूजा मध्यरात्रिमा गर्नु शुभ मानिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.