सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको उपाधि मेलम्चीलाई

सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिताको उपाधि मेलम्चीलाई

दोलखा : सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हात पारेको छ। 

दोलखा युवा सञ्जालले आयोजना गरेको प्रतियोगितामा दोलखाको जिरी नगरपालिकालाई पराजित गर्दै मेलम्चीले उपाधि जितेको हो। सिन्धुलीको कमलामाई नगरपालिका तृतीय भएको छ। 

प्रतियोगितामा बागमती प्रदेश भित्रका १४ वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा विजेतालाई दुई लाख ५१ हजार, उपविजेतालाई एक लाख ५१ हजार र तृतीय हुने टिमलाई ५१ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.