अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे मन्त्रिमण्डल विस्तार

अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहले गरे मन्त्रिमण्डल विस्तार
सुन्नुहोस्

धनगढी : अल्पमतमा रहेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिमण्डल विस्तार गरेका छन्। शुक्रबार राति ९ बजेतिर उनले नागरिक उन्मुक्ति पार्टीका ३ जना मन्त्री थपेका हुन्। मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रीमा घनश्याम चौधरी, विना विभागीय मन्त्रीमा खुशीराम चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा ईन्द्रा गिरिलाई नियुक्त गरेका छन्। 

दुई जना मन्त्रीको प्रदेश प्रमुख देवराज जोशी र राज्यमन्त्रीको मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार राति नै शपथ गराएका छन्। आर्थिक मामिला मन्त्रीमा यसअघि समाजवादीका नरेश कुमार शाही थिए। तर नागरिक उन्मुक्तिकै तर्फबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रहेका कैलाश चौधरीलाई हटाएर ईन्द्रा गिरिलाई नियुक्त गरिएको कुरा भने अर्थपूर्ण रुपमा लिइएको छ।

मुख्यन्त्री शाहसँग आफ्नो पार्टीका १८, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र १ जना गरी २६ जनाको समर्थन छ। स्वतन्त्र सांसद डाक्टर तारादत्त जोशीले विश्वासको मतका बेला मुख्यमन्त्रीको पक्षमा मतदान गरे पनि अहिले मन्त्री पद भने अस्वीकार गरेका छन्। 

उनलाई राप्रपाकी खेमादेवी विष्टले पनि केन्द्रबाट निर्णय नआउँदासम्म मन्त्री नखाने भनेपछि मुख्यमन्त्री शाहले बहुमत जुटाउन सकेका छैनन्। नागरिक उन्मुक्ति भित्र वर्तमान गठबन्धनमा सहभागी हुने र नहुने दुई धार देखिएकाले मन्त्री राज्यमन्त्री बनाएर रोक्ने प्रयास गरिएको आकलन पनि गरिन थालिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.