वडाको आफ्नै भवन
स्याङ्जा : पुतलीबजार नगरपालिका-१४ ले आमडाँडामा आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ। नवनिर्मित वडा कार्यालय भवनको संघीय सांसद राजु थापाले शुक्रबार उद्घाटन गरेसँगै आफ्नै भवनबाट कार्यालयका सेवा सुविधा उपलब्ध गराउने भएको हो।
धेरै वडा कार्यालयले भाडामा लिएर कार्यालयका सेवा प्रवाह गरिरहेका बेला १४ वडाले सुविधासम्पन्न भवन निर्माण गरेकोमा खुशी व्यक्त सांसद थापाले भवनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
कुल ६८ लाख ५८ हजार रुपैयाँको लागतमा साढे २ तलाको भवनमा बैठक हलसहित ६ वटा कोठा र सार्वजनिक २ वटासहित ७ वटा शौचालय निर्माण गरिएको वडा सदस्य मुवारक मियाले जानकारी दिए।