व्यवसायी सडकमा पुग्ने अवस्था आयो

व्यवसायी सडकमा पुग्ने अवस्था आयो
फाइल तस्बिर।
सुन्नुहोस्

रुपन्देहीको भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देखेर यस क्षेत्रका उद्योगी, व्यवसायीहरूले विभिन्न क्षेत्रमा अर्बौं रुपैयाँ लगानी गरेका छन्। लुम्बिनी र यस क्षेत्रका नागरिकलाई लक्षित गरेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिए पनि सञ्चालन हुन नसक्दा लगानीकर्ताहरू सडकमा पुग्ने अवस्थामा पुगेका छन्। 

राज्यको अदूरदर्शी निर्णय र फितलो व्यवस्थापन तथा समन्वय अभावले गर्दा झन्डै ७ अर्ब रुपैयाँको विमानस्थल यत्तिकै खेर जाने जोखिम बढेको छ। विमानस्थल सञ्चालन नभएपछि त्यहाँ निर्माण भएका संरचनासमेत जीर्ण हुँदै जाने खतरा बढेको छ। रुपन्देही र यस क्षेत्रमा रहेका पहाडी जिल्लाका नागरिक विमानस्थल निर्माणले निकै उत्साहित थिए। सुरुमा केही देशमा अन्तर्राष्ट्रिय उडान भरे पनि त्यसले निरन्तरता पाउन सकेन। 

विमानस्थल निर्माण भएको देखेर भैरहवा र बुटवल क्षेत्रमा चार र पाँचतारे होटलसमेत खुलेका छन्। अहिले ती होटलका सञ्चालकहरू ऋणले चुर्लुम्मै डुबेर सडकमा पुग्ने स्थिति छ। दिनप्रतिदिन व्यवसायी मानसिक रोगको सिकार बन्न थालेका छन्। देशमा लगानीमैत्री वातावरण बन्न नसक्नु निकै दुखद् हो।

राजनीतिक नेतृत्व सत्ता कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छ। तर, देशमा बनेका खर्बौका योजनाहरू अलपत्र पारेर नागरिकलाई निराशा गराउनु यो जत्तिको लज्जास्पद के हुन्छ ? यो आमनागरिकप्रतिको धोका हो। यदि बनेका योजनाहरू सञ्चालन गर्न सकिँदैन भन्ने कुरा पहिल्यै किन जानकारी हुँदैन ? लहलहैमा राज्यको पैसा किन खेर फाल्ने काम भइरहेको छ ? विमानस्थल देखेर खुलेका धेरै होटलहरू चल्न नसकेर लिलाम हुँदै छन्। युवाहरू देशमा भविष्य नदेखेर विदेश पलायन भइरहेका छन्। यस्तो हुँदा पनि राज्य सञ्चालन गर्नेहरू नागरिकप्रति खेलवाड गरिरहेका छन्। निजी क्षेत्र देशमै लगानी गर्न तयार छ। तर, लगानीको सुरक्षासहित लगानीमैत्री वातावरण राज्यले बनाउनुपर्छ। 

(अर्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.