मुस्ताङमा हाईअल्टिच्युडले ३ वर्षमा २३ जनाको मृत्यु

मुस्ताङमा हाईअल्टिच्युडले ३ वर्षमा २३ जनाको मृत्यु
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा हाईअल्टिच्युडका कारण पछिल्लो ३ वर्षयता २३ जनाले ज्यान गुमाएका छन्। मुस्ताङमा मृत्यु हुनेमा १६ भारतीय, ५ नेपाली र २ तेस्रो मुलुका पर्यटक रहेका छन्।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आएका भारतीय तथा नेपालीसहित तेस्रो मुलुकका विदेशी पर्यटकको ३ वर्षको फेरोम हाईअल्डिच्युड समस्याका कारण करिब दुई दर्जन पर्यटकको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ। प्रहरी कार्यालयको रेकर्ड अनुसार चालु आर्थिक वर्ष  २०८०/०८१ को ८ महिना अवधिमा एक नेपाली पर्यटक प्रथप्रर्दशकसहित ५ जना विदेशीले हाईअल्टिच्युडका कारण ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए। 

चालु आर्थिक वर्षको असोज ११ गते थासाङ गाउँपालिका—४ घाँसामा ७२ वर्षीय कामी सर्की शेर्पाले हाईअल्टिच्युडका कारण ज्यान गुमाए। असोज २० गते मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—२ झोङमा  युक्रेनी नागरिक ३५ वर्षीया महिला आना पानिनाको पदमार्ग यात्राकै क्रममा हाईअल्टिच्युडका कारण मृत्यु भयो। सोही घटनाको ३ दिनपछि असोज २३ गते थासाङ गाउँपालिका—३ लेतेमा ६५ वर्षीया भारतीय महिलाको हाईअल्टिच्युड लागेर ज्यान गुमाउन पुगिन्।

यसैगरी चालु आर्थिक वर्ष २०८०/०८१ को  फागुन  १ गतेका दिन  ६५ वर्षीया भारतीय महिला ज्योत्स्ना रानी रावको मृत्यु भयो। रावलाई हाईअल्टिच्युडका कारण स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लेते प्राथमिक स्वास्थ्य चौकीमा पुर्‍याउँदा मृत्यु भयो।  वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ मुक्तिनाथमा ५७ वर्षीय भारतीय नागरिक पटेल भूपेन्द्रभाई सोमाभाईको हाईअल्टिच्युडका कारण मृत्यु भयो।

आर्थिक वर्ष २०७९/०८० मा मुस्ताङमा १२ जना आन्तरिक तथा बाह्य पर्यटकले हाईअल्टिच्युडका कारण ज्यान गुमाएका थिए। जसमध्ये ७ भारतीय, ४ नेपाली र १ जना थाईलैण्डकी नागरिकले हाईअल्टिच्युडका कारण ज्यान गुमाएका थिए। आर्थिक वर्ष २०७८/०७९ मा मुस्ताङ भ्रमण गर्न आएका ६ जना भारतीयले हाईअल्टिच्युडका कारण ज्यान गुमाएका थिए। मुस्ताङमा वर्षेनी औसम एक दर्जन बढीको हाईअल्टिच्युडका समस्याका कारण मृत्यु हुने गरेको मुस्ताङका प्रहरी नायव उपरीक्षक पाण्डेयको भनाई छ। समुन्द्री सतहको ३ हजारदेखि ४ हजार मिटरको उच्च उचाईमा मुस्ताङ आउने पर्यटकहरुलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कम उचाईको स्थानबाट उच्च उचाईमा रहेको स्थानमा  पर्यटक होल्डिङ नगरी मुस्ताङ आउँदा हाईअल्टिच्युडको समस्या रहने गरेको छ। विशेष गरी मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटकलाई हाईअल्टिच्युड लाग्ने गरेको पाइएको छ। प्रहरी नायव उपरीक्षक पाण्डेयले पर्यटकलाई लगातार यात्रा गराउने गर्दा र बीचको स्थानमा होल्डिङ गराउने सचेतना नहुँदा यस्तो समस्या देखिएको बताए।

चिसो याममा मुक्तिनाथ दर्शन गर्न जाने नेपाली तथा भारतीय पर्यटकहरुले मुक्तिनाथ कुण्डमा स्नान गर्नाले हाईअल्टिच्युड भई स्वास्थ्यमा समस्या देखिने गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङले उमेर कटेका र दीर्घ रोगका बिरामी भई औषधि सेवन गर्ने गरेका पर्यटकलाई ठाउँठाउँमा होल्डङ गर्दै गन्तव्यमा लैजानुपर्ने बताएको छ।

थासाङको लेते र घरपझोङको जोमसोममा स्वास्थ्य केन्द्र र अस्पताल भएपनि शारिरीक रुपले अस्वस्थ पर्यटकहरु स्वास्थ्य परीक्षण बिना मुक्तिनाथ जाने गर्दा हाईअल्टिच्युडका कारण दुर्घटना हुने गरेको छ। मुस्ताङको जोमसोम अस्पतालमा अक्सिजन उत्पादन हुँने गरेकाले जिल्लामै पर्याप्त अक्सिजनको सुविधा उपलब्ध छ। यद्यपी हाईअल्टिच्युड कारण बर्सेनि पर्यटकले ज्यान गुमाउने अवस्थाको न्यूनिकरण हुन सकेको छैन।
मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई हाईअल्टिच्युड तथा अन्य कारणले बिरामी पर्दा तत्कालै उपचार गर्न सकुन् भन्ने उद्देश्यले गतवर्ष नेपाली सेनाले हाईअल्चिच्युड ट्रिटमेन्ट सेन्टरको पूर्वाधार निर्माण गरेको छ। त्यहाँ जोमसोम अस्पतालले समेत अक्सिजन र औषधिसहित स्वास्थ्यकर्मी खटाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.