सडक दुर्घटनामा परी कुवेतमा ३ नेपालीको मृत्यु

सडक दुर्घटनामा परी कुवेतमा ३ नेपालीको मृत्यु

साउदी : वैदेशिक रोजगारीको लागि कुवेत पुगेका ३ नेपालीको मृत्यु भएको छ । १२ मार्च २०२४ का दिन उनीहरूको सडक दुर्घटनामा परी मृत्यु भएको हो। 

मृत्यु हुनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन्।

साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने  क्रममा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो ।

मृतकहरु कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए । घटना पश्चात गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको  साथै मृतकहरुको शवलाई पोष्टमार्टमकोलागि फरवानिया हस्पिटल राखिएको छ । नेपाली राजदूतावास  अनुसार दुर्घटनाको सुचना पाए लगतै परिवार तथा कम्पनसँग सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने  तथा  इन्सुरेन्सको लागि पहल गर्नुको साथै  आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.