गृहमन्त्री लामिछानेलाई कांग्रेसको प्रश्न : ठूला माछाहरू उम्काउने प्रपन्चको हतियार बनिरहनु भएको त छैन ?

गृहमन्त्री लामिछानेलाई कांग्रेसको प्रश्न : ठूला माछाहरू उम्काउने प्रपन्चको हतियार बनिरहनु भएको त छैन ?

काठमाडौं : नेपाली कांग्रेसले अनुसन्धानको दायरामा रहेका रवि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाएकोमा आपत्ती जनाएको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले अनुसन्धानको दायरामा रहेका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' माथि असन्तुष्टि पोखे। 

उनले अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा रहनुले गम्भीर नैतिक प्रश्न खडा  भएको बताए। उनले भने,' नुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरमा रहुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ।'

नेता पाण्डेले विभिन्न आरोपबाट घेरिएका गृहमन्त्री लामिछानेले दोषीलाई कसरी कानुनी कारवाही गर्नुहुन्छ भन्दै प्रश्न समेत गरे। 'सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, सेयर सदस्य नै नभएका व्यक्ति,पाउनै नपाउने व्यक्तिलाई ऋण दिएकोलगायत आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी दायरामा ल्याउनुहुन्छ। उनले भने, 'कतै तपाईंको पोजिसनलाई रक्षा कवज बनाएर  १/२ करोडको मात्रै अभियोग लागेका तपाईं शिखण्डकी भूमिका अगाडि सारेर दशौं अरबको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपन्चको तपाईं जानिनजानी हतियार त बनिहरेको त छैन।'

उनले सरकारबाट बाहिरिनुको कुनै गुनासो नरहेको बताए । प्रतिपक्षीमा रहेर गर्ने कामको मूल्याङ्कनको जिम्मा जनतालाई छाडेको उनको भनाइ छ । कस्मीक समयमा रहेका मागलाई सत्ताबाट बाहिरिएको संकिर्ण सोचबाट नहेर्न समेत आग्रह गरे।

उनले सरकारी समस्याको  समाधान र विवादित व्यक्तिहरूको नियुक्तिका विषयमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गरे। यसैगरी सांसद सीता मिजारले पनि सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछाने र सुन प्रकरणमा मुछिएका अर्थमन्त्री वर्षमान पुनले संसदमा जवाफ दिनुपर्ने माग गरिन्।

कांग्रेसकी सरस्वती बजिमयले सहकारी ठगीमा जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाउनु गम्भीर विषय भन्दै प्रधानमन्त्रीको जवाफ माग गरिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.