रुखको हाँगा भाँच्चिएर लाग्दा धनकुटामा महिलाको मृत्यु

रुखको हाँगा भाँच्चिएर लाग्दा धनकुटामा महिलाको मृत्यु
सुन्नुहोस्

धनकुटा : रुखको भाँच्चिएर लाग्दा गम्भीर घाइते बनेकी महिलाको मृत्यु भएको छ। 

कोशी राजमार्गअन्तर्गत धनकुटा–४ सल्लेरीमा सडक छेउमा रहेको शिरीषको रुख आफै भाँच्चिएर लाग्दा गम्भीर घाइते वनेकी धनकुटा–१ हिलेकी ३० वर्षीय उषा तामाङको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले बताए।

गम्भीर घाइते बनेकी तामाङलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो। अस्पताल ल्याउने बित्तिकै उनलाई डाक्टरले मृत घोषणा गरेको थियो। बिहीबार दिउँसो उनी श्रीमानसँगै प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलमा धनकुटाबाट हिलेतर्फ जाँदै गरेकी थिइन्। मोटरसाइकलमा सवार उनको श्रीमान आशिष तामाङ भने सकुशल छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.