विवादित व्यक्तिलाई प्रधानमन्त्रीले गृहमन्त्री बनाउनु हुँदैनथ्यो, लामिछानेले तत्काल राजीनामा दिनुपर्छ : कांग्रेस

विवादित व्यक्तिलाई प्रधानमन्त्रीले गृहमन्त्री बनाउनु हुँदैनथ्यो, लामिछानेले तत्काल राजीनामा दिनुपर्छ : कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानको राजीनामा माग गरेको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले गृहमन्त्रीमाथि प्रश्न खडा भएकाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।

'आफूमाथि प्रश्नैप्रश्न बोकेर उहाँ गृहमन्त्री हुनु हुँदैनथ्यो।  प्रधानमन्त्रीले प्रश्न भएको मान्छेलाई गृहमन्त्री बनाउनु हुँदैनथ्यो। आज ३१ हजार सहकारीमा बचतकर्ता ठगिएका छन्। अनुसन्धानको घेरामा रहेको व्यक्ति अनुसन्धानको मुख्य व्यक्ति हुँदा, पीडितहरूको समस्या कसरी समाधान गर्न सक्छ?, 'उनले भने,' उच्च नैतिकता आधारमा राजीनामा  उदाहरण प्रस्तुत गर्नुहोस्।'

उनले संसदमा कांग्रेसले निरन्तर प्रश्न उठाउँदै आएको र त्यसको जवाफ दिन प्रधानमन्त्रीले वेवास्ता गर्दै हिँडेको आरोप लगाए। उनले भने,'विगत केही दिनदेखि कांग्रेसले उठाउँदै आएका प्रश्नको सामान गर्नुको साटो भागेर हिँड्नु भएको छ। प्रधानमन्त्रीको यस विषयमा डबल स्ट्यान्ड देखियो।'

नेता पौडेलले गृहमन्त्रीका विषयमा उठेका प्रश्नको प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म कांग्रेसले निरन्तर प्रश्न उठाइरहने बताए। पौडलले सुशानका निम्ति उठाइएको विषय भएको भन्दै यसलाई सामान्य नलिन समेत आग्रह गरे।

गृहमन्त्री लामिछाने आफैं सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्ति भन्दै कांग्रेसले संसदमा लगातार प्रधानमन्त्रीको जवाफ माग गरिरहेको छ।
गृहमन्त्री लामिछानेमाथि सहकारीको पैंसा ठगी गरेको आरोप छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.