इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै, मतान्तर हजार बढी

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै, मतान्तर हजार बढी
सुन्नुहोस्

इलाम : इलाम क्षेत्र नम्बर- २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहमा हालसम्म फाकफोकथुम गाउँपालिकाको १,२, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सकिँदा एमालेका सुहाङ नेम्बाङले ३,७८३ ल्याएका हुन्।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २,७८२ मत प्राप्त गरेका छन्। उनीहरूबीच मतान्तर १००१ रहेको छ। यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ७८४ मत,राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५७० मत प्राप्त गरेका छन्। 

फाकफोकथुम गाउँपालिका सकिएपछि क्रमशः चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मतपत्र गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

शनिबार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्। २०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त  सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.