सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठकले शोक प्रस्ताव पारित गरेको छ। प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो। अन्सारीको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि सभा सदस्य भएकी थिइन्।

जनता समाजवादी पार्टी (जसपा) बाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी हुन्।

२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आवद्ध भइ २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी  थिइन् । उनी हाल जनता समाजवादी पार्टी,नेपालको पोलिटब्यूरो सदस्य थिइन्।

सांसद अन्सारीको आत्माको चीर शान्तिको कामना गर्दै बैठकले एक मिनेट मौन धारणा गरेको समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.