छिमेकी युवक पक्राउ

'प्रेम प्रस्ताव इन्कार गर्दा १८ वर्षीया सुष्मा लामाको हत्या'

'प्रेम प्रस्ताव इन्कार गर्दा १८ वर्षीया सुष्मा लामाको हत्या'
सुष्मा लामाको हत्या आरोपमा पक्राउ परेका रुपेन्द्र लामा। तस्बिर : अभिशेक महर्जन

काठमाडौं : प्रेम प्रस्ताव अस्वीकार गर्दा सुष्मा लामाको हत्या  भएको खुलेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको हो। काठमाडौं  गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभिरकी लामाको तारेभीरकै जंगलमा गाडिएको अवस्थामा शव भेटिएको थियो। 

घटनामा संलग्न रहेको आरोपमा लामाकै छिमेकी  २१ वर्षीय रुपेन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ। उनले सुष्माको विभत्स हत्या गरेको खुलेको छ। पक्राउ परेका लामाले सुष्मालाई एकतर्फी मन पराएको र पटकपटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए।

अपराधपछि घटना लुकाउन प्रविधिको समेत गलत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र उनको कोठाबाट मृतकको मोबाइल र किताब कापी पनि बरामद गरेको छ । 

माघ २२ गते कलेजु जान्छु भनी घरबाट निस्किएकी १८ वर्षीया लामा सम्पर्कविहीन भएकी थिइन्। फागुन २५ गते उनको परिवारले हराएको भन्दै खोजि गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए। खोजिका क्रममा फागुन २६ गते साँझ प्रहरीले गोकर्णेश्वर नगरपालिका -३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा लामाको शव फेला पारेको थियो।

उपेन्द्रले सुष्मालाई आठ महिनादेखि एकतर्फी मन पराउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरू विगत १/२ वर्षदेखि घाँस काट्न,बाख्रा चराउन सँगै जंगल जाने गरेको भएपनि सो अवधिमा उनीहरूबीच  फोन सम्पर्क वा सामाजिक सञ्जालमा कुराकानी भएको नदेखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एकतर्फी प्रेममा रहेका लामा प्रेम प्रस्ताव राख्न सु्ष्मा आउने बाटोमा आठ दिनदेखि कुरेर बसेका थिए। उनी चारदिनदेखि खाल्डो खन्न प्रयोग भएको फलामको कुटो साथमा लिइ हिँडेको समेत खुल्न आएको छ।

माघ २२ गते बिहान एक्लै कलेज गइरहेकी सुष्मासँग उनको भेट हुन्छ। प्रस्ताव राख्छन्। तर ,सुष्माले विदेश जाने भन्दै प्रस्ताव इन्कार गरिदिन्छिन्। त्यसपछि उपेन्द्रले सुष्माको पछाडिबाट घाँटी थिचि अचेत बनाइ तल जंगलतिर लगी  टाइ र जुत्ताको तुनाले घाँटीमा कसेको र हातले उनको कम्मर पेटीले बाँधी पुरेका थिए।

हत्यापछि लामाले  सुष्माको मोबाइल र किताब लगेर गएका थिए। फागुन २३ गते गुगलबाट अर्कैको बेहुला बेहुलीको फोटो डाउनलोड गरी त्यसलाई इडिट गरी 'सरी सबैलाई म तीन दिनपछि आउँछु' भन्दै सुष्माको फेसबुक वालमा पोस्ट गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.