८ महिनामा २ लाख बढी पर्यटक मुस्ताङ भित्रिए

८ महिनामा २ लाख बढी पर्यटक मुस्ताङ भित्रिए
सुन्नुहोस्

मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८०/०८१ को ८ महिना अवधिमा २ लाख २९ हजार ६१४ जना पर्यटक भित्रिएका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु वर्षको साउनदेखि फागुन महिनासम्ममा १ लाख ८७ हजार १४ जना आन्तरिक पर्यटक र  ४२ हजार ६४० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन्। चालु आर्थिक वर्षको ८ महिनामा ३५ हजार ३५६ जना सार्क मुलुकका पर्यटक छन् भने ७ हजार २८४ जना अन्य फरेनर पर्यटक रहेका छन्।

मुस्ताङमा आर्थिक गत आर्थिक वर्ष २०७९/०८० को अनुपातमा चालु वर्ष ८ महिनामै पर्यटक तथ्यांक नजिक पुगेको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गत वर्ष आन्तरिक तथा बाह्य गरी कुल ३ लाख ९ हजार ९८९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए। जसमध्ये २ लाख ४० हजार ६८२ आन्तरिक र सार्क तथा विदेशी गरी ६० हजार २९६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको तथ्यांक छ।

नेपाली पर्यटकहरु चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको कोरलानाका, लोमान्थाङ दरबार, छोसेर गुफा, लोघेकर गुम्बा, लुरी गुम्बा, मुस्ताङ गेट, ढुम्बाताल लगायतका पर्यटक गन्तब्यहरुको अवलोकन गरी फर्किने गर्छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.