छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा पलेसा

छनोट चरण पार गरेर पेरिस पारालिम्पिकमा पलेसा
सुन्नुहोस्

काठमाडौं : नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन यसै वर्ष फ्रान्समा हुने पेरिस पारालिम्पिकमा छनोट भएकी छन्। चीनको ताइयाङमा आइतबार भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के–४४ विधाको महिला ५७ केजीमुनिको तौल समूहमा पलेसाले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा स्थान सुरक्षित गरेकी हुन्। 

एसियाली छनोटमा प्रत्येक स्पर्धामा पहिलो हुने खेलाडी मात्रै पेरिस पारालिम्पिकमा छनोट हुने प्रावधानअनुसार पलेसाले पेरिसको टिकट काटेकी हुन्। पलेसा पारालिम्पिकमा छनोट हुने पहिलो नेपाली पारा खेलाडी पनि बनेकी छन्। यसअघि तेक्वान्दोकै दुई खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। संगीना वैद्य सन् २००४ को एथेन्स र दीपक विष्ट सन् २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर सहभागी 
भएका थिए।

पलेसाले फाइनलमा इरानकी लेइला मिर्जाइलाई ५–४ ले पराजित गर्दै स्वर्ण पदक पक्का गरेकी हुन्। यसअघि सेमिफाइनलमा उनले उज्वेकिस्तानकी करिमा मेलिकुजिएभालाई १८–२ ले हराउँदै फाइनल यात्रा तय गरेकी थिइन्। पलेसाको स्पर्धामा चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए। 

पलेसा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन्। उनले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन्। 

टोकियो पारालिम्पिक २०२० मा पनि पलेसाले दुई ‘बाउट’ जितेर इतिहास रचेकी थिइन्। उनले अमेरिका र सर्बियाका खेलाडीलाई पराजित गरेकी थिइन्। 

नेपालमा छनोट प्रतियोगिता खेलेपछि पलेसा चीनको सांघाई गएकी थिइन्। सांघाईबाटै उनी एसियाली छनोट खेल्न ताइयान पुगेकी थिइन्। पलेशा सांघाईको तोङजी विश्वविद्यालयमा आर्किटेक्चर इन्जिनियरिङ अध्ययन गरिरहेकी छन्।

एसियाली छनोटमा नेपालका दुई पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गरेका थिए। पुरुष ६३ केजीमुनि भरतसिंह महता र ५८ केजीमुनि अमिर ब्लोन पदकविहीन बने। एक ‘बाउट’ जितेका भरतले इन्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए। 

प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल–टु कविराज नेगी लामा छन्। स्वयंकसेवक प्रशिक्षक लामाले पलेसालाई १३ वर्षको उमेरदेखि प्रशिक्षण गराउँदै आएका छन्। दक्षिण कोरियामा आयोजना भएको तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपदेखि नै लामाले पलेसाको प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.