निसी बस दुर्घटना : ७ जनाको मृत्यु (अपडेट)

निसी बस दुर्घटना : ७ जनाको मृत्यु (अपडेट)

बागलुङ : बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो। 

दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। उनले दुर्घटनामा २०/२५ जना घाइते रहेको बताए। घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिए। 

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताए। घटनामा घाइतेको प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन्। मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन। साँझको बेला भएको उद्धारमा समस्या भइरहेको प्रहरी निरीक्षक विकको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.