'अनलाइन क्यासिनो गेम' खेलाउने चारजना पक्राउ

'अनलाइन क्यासिनो गेम' खेलाउने चारजना पक्राउ
सुन्नुहोस्

काठमाडौं : प्रहरीले  क्यास एप अप्लिकेसनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेपलान्चोककी २६ वर्षीया सरिता लामा,सिन्धुपाल्चोककी २५ वर्षीया सारंगा गुरूङ,खोटाङकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटका २८ वर्षीय तेम्बा लामा रहेको  उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

प्रहरीका अनुसार क्यास एपलगायतका एप्लिकेसन मार्फत्  विभिन्न खेलहरूमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाइ हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइल बरामद भएका छन्। उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.