कांग्रेसलाई ओलीको जवाफ- संसदीय छानविन समिति सम्भव छैन
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन्।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति केका लागि बन्ने भन्दै सम्भव नै नरहेको बताए। सरकारबाट बाहिर हुनेबितिकै कांग्रेसजस्तो पार्टीले आक्रोश, उत्तेजना देखाएर संसद अवरुद्ध गर्ने काम गरेको उनको भनाइ छ।
ओलीले कांग्रेसबाट परिवक्क प्रतिपक्षीको भूमिकाको आह्वान गरे। त्यसअघि संसदमा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो।