पर्यटनमार्फत समृद्धिको यात्रा

पर्यटनमार्फत समृद्धिको यात्रा
फाइल तस्बिर।

पछिल्लो समय विश्वव्यापी रूपमा पर्यटन आम्दानीको बलियो स्रोत बनिरहेको छ। देशको आर्थिक वृद्धि, राजस्व आम्दानी र पूर्वाधार विकास, मुलुकको प्रतिष्ठाको श्रीवृद्धि, विदेशी मुद्रा आर्जन र रोजगारी सिर्जनाका लागि पर्यटन उद्योग महत्वपूर्ण हुन थालेको छ। विकसित देशहरूले पर्यटनमार्फत समृद्धिको यात्रा नै तय गरिरहेछन्। देशको आय र आकर्षण बढाइरहेछन्। बहुआयामिक लाभ लिइरहेछन्।

पर्यटन र मानवीय आवश्यकताका क्षेत्रहरूमा बृहत्तर सुधार र सुविधा थपिरहेका देशमा पछिल्ला दशक आप्रवासनको लहरै छ। पहिले–पहिले कुनै देशको एउटा कुनाबाट अथवा गाउँबाट सहर बसाइँ सर्ने लहर चल्थ्यो। अहिले सूचना र सञ्चार, भाषा र संस्कृतिको भूमण्डलीकरणले आप्रवासनको लहर नै चलेको देखिन्छ। आर्थिक हिसावले पछि परेको युरोपको रोमानियाका करिब ४० प्रतिशत मानिस अर्को देशमा बसाइँ सरेका छन्। नेपालबाटै पछिल्ला दशक डीभी, पीआर पाएर ठूलो संख्यामा परिवारसहित विदेश गएका छन्। जो चिन्ताजनक देखिन्छ।

समकालीन विश्वको पर्यटनको अवस्था : कोभिड–१९ को महामारीले थला परेको सांसरभरको पर्यटन उद्योग सन् २०२३ को अन्त्यसम्म आइपुग्दा लगभग कोभिडपूर्वकै अवस्था (९५ प्रतिशत) मा फर्किएको छ। सन् २०१९ मा विश्वमा १ अर्ब ५० करोड मानिस पर्यटक भएर विश्वका देशहरूमा भ्रमण गरेकामा सन् २०२३ मा पनि त्यही हाराहारी नै पर्यटकले विश्वका देश घुमफिर गर्ने गरेको यूएनडब्लूटीओको तथ्यांकले संकेत गरेको छ। वल्र्ड टुरिजम अर्गनाइजेसनका अनुसार सन् २०२३ को अक्टोबरसम्म सबैभन्दा बढी ११ करोड ७१ लाख मानिस फ्रान्समा मात्र विदेशी पर्यटक भएर पुगेका छन्। उत्तर अमेरिकी देश मेक्सिको सन् २०२३ मा ५ करोड ११ लाखभन्दा बढी पर्यटक घुम्नकै लागि पुगेका छन्।

जुन देशमा १ करोड जनतालाई पर्यटन क्षेत्रले रोजगारी दिएको छ। सन् २०२३ मा अमेरिकामा ४ करोड ५० लाख, इटलीमा ३ करोड ८४ लाख, स्पेनमा ३ करोड ६४ लाख, हंगेरीमा ३ करोड १६ लाख, चीनमा ३ करोड, क्रोएसियामा २ करोड १६ लाख, टर्कीमा १ करोड ५९ लाख, डेनमार्कमा १ करोड ५५ लाख पर्यटक घुमफिरका लागि गएको वाइजभोटर डटकमले जनाएको छ। सबैभन्दा बढी पर्यटक भिœयाउन सफल विश्वका यी देशले खासगरिकन इतिहासको मिश्रण, संस्कृति, प्राकृतिक सौन्दर्यता र त्यहाँ पुग्दा हुने अद्वितीय अनुभव छ।

पर्यटन क्षेत्रको विश्वव्यापी आम्दानी : कोरोनापछि सन् २०२३ को सुरुआतीबाट विश्वव्यापी पर्यटन गतिविधि लयमा फकिँदैछ। सन् २०१९ जतिबेला पर्यटन उद्योगको आम्दानी उचाइमा थियो। सो वर्ष विश्वमा पर्यटकले १.९ टिलियन डलर खर्च गरेको वल्र्ड टाभल एन्ड टुरिजम काउन्सिलको अभिलेख छ। सन् २०१९ मा पर्यटन क्षेत्रबाट जीडीपीमा सबैभन्दा योगदान पुर्‍याएको ५ देशमा मकाउको जीडीपीमा ७४.५७ प्रतिशत (सबैभन्दा धेरै), अरूबा (आइसल्यान्ड)को जीडीपीमा ६२.११ प्रतिशत, एन्डोरामा ६०.५४ प्रतिशत, एन्टुवाको जीडीपीमा ५९.२१ प्रतिशत, माल्दिभ्सको जीडीपीमा ५६.५३ प्रतिशत छ। सोही वर्ष नेपालको जीडीपीमा पर्यटन उद्योगले २.३४ प्रतिशत योगदान राखेको द ग्लोबल इकोनोमी डटकमको रिपोर्टमा छ।

यद्यपि नेपालको प्राकृतिक सौन्दर्यतालाई पर्यटन सम्बद्ध विश्वका प्रतिष्ठित संघ–संस्थाले घुमफिरका लागि उपयुक्त गन्तव्यको रूपमा सुझाइरहेका छन्। धेरै त्यस्ता संस्थाले नेपाल पर्यटकीय रूपमा २० उपयुक्त गन्तव्य मुलुकभित्रै चित्रण गर्दै आएका छन् तर पनि मुस्किलले १० लाख पर्यटक भिœयाउँछ। नेपालमा पर्यटन उद्योगले १५ लाख बढीलाई रोजगारी दिइरहेको तथ्यांक देखिन्छ।

पर्यटनमा लगानी र रोजगारी : सन् २०२२ सम्ममा पर्यटन क्षेत्रमा विश्वव्यापी रूपमा ८५६ अर्ब डलर लगानी भएको टाभल वल्र्ड डटकमको तथ्यांक छ। संसारका हरेक ५ जनामा एक जनालाई रोजगारी दिनसक्ने सम्भावना बोकेको पर्यटन उद्योगले ३० करोड बढीलाई रोजगारी दिइरहेको छ। सन् २०१९ सम्मको आकडाअनुसार पर्यटन उद्योगमा अमेरिकाको मात्रै २०९ अर्ब डलर लगानी छ।

चीनले पर्यटन उद्योगमा १७० अर्ब डलर, भारतको ५१.६ अर्ब डलर, फ्रान्सको ४० अर्ब डलर, जापानको ३९ अर्ब डलर, जर्मनीको ३४.७ अर्ब डलर, बेलायतको २.६ अर्ब डलर, साउदी अरेबियाको २७.५ अर्ब डलर, स्पेनको २१.७ अर्ब डलर र ब्राजिलको १९.८ अर्ब डलर लगानी छ। विश्वका देशहरूले पर्यटनमा अपार लगानी बढाएर पर्यटकीय आकर्षण र वातावरण बनाइरहेछन्। सँगै लगानीकै बलमा उनीहरूले पर्यटन क्षेत्रबाट अकुत आम्दानी गरिरहेका छन्। पर्यटनमा सबैभन्दा बढी लगानी र आम्दानी पनि त्यस क्षेत्रबाट अमेरिकाले नै बढी पाइरहेको छ। त्यसकारण पर्यटन क्षेत्रको श्रीवृद्धिका लागि लगानी बहुतै महत्वपूर्ण पाटो हो। त्यसका लागि लगानीको वातावरण बनाउनु सबैभन्दा बढी आवश्यक छ।

नेपालमा प्रचुर पर्यटकीय सम्भावना : नेपाल संसारकै एक सुन्दर प्राकृतिक देश हो। त्यो अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित संस्थाहरूले नै भनेका हुन्। नेपाल पर्यटकीय हिसाबले १० नम्बर भित्रै पर्ने गन्तव्यको रूपमा तथ्यांक आउँछ। तर, पनि पर्यटक बोलाउन, आतिथ्यता गराउन सकेका छैनौं। संसारका २८ अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित १४ ठुला हिमशृंखला नेपालमै छन्।

आँखाले हेरेर नभ्याउने भिमकाय महाभारत पर्वतहरू नेपालमै छन्। विश्वमै दुर्लभ मानिने ७५० भन्दा बढी प्रजातिका पन्छी नेपालमै पाइन्छन्। दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैंडाहरू हेर्न नेपालमै आउनुपर्छ। वर्षैभर अविछिन्न बगिरहने नदीहरू छन्। सयौं भाषा र संस्कृति यहीँ छन्। फरक–फरक जलवायु छ। नेपालले अरू सबै छोडेर पर्यटन क्षेत्रलाई मात्रै विश्वमाझ प्रवद्र्धन गर्ने हो भने आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्दै लग्ने हो भने समृद्धिको ढोका सहजै खुल्नेछ। विदेशी मुद्राको दुःख हरदम हुने छैन।

पर्यटन क्षेत्रकै लागि विश्वमा करिब ९०० विलियन डलर लगानी भइसकेको छ। त्यसमा आधा खर्च चीन र अमेरिकाले गरेका छन्। लगानी उच्च भएकै कारण चीनमा बर्सेनि १० करोड बढी मानिसले पर्यटक भएर भ्रमण गर्न थालिसकेका छन्। त्यस्तै भारतमा एक करोडभन्दा बढी मानिसले पर्यटन क्षेत्रमा रोजगारी पाइरहेको अवस्था छ। राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइन्छ। फ्रान्स पर्यटकीय दृष्टिले पहिलो गन्तब्यस्थल नभए पनि सबैभन्दा बढी पर्यटक भित्राउने राष्ट्रमा पर्छ। पर्यटनमैत्री वातावरण उसको प्राथमिकतामा छ।

अमेरिका, इटाली, युके लगायत मुलुक पयर्टक भित्राउनेमा दोस्रो, तेस्रो र चौथो मुलुकमा पर्दै आएका छन्। नेपालमा पनि पछिल्ला दशक पर्यटनमा सम्भावना देखेर होटल क्षेत्रमा लगानी बढिरहेको छ। मुख्य त नेपालमा पर्यटन पूर्वाधार जस्तो सुरक्षित सडक, पर्यटकीय गन्तव्यमा भरपर्दा अस्पतालहरू, गुणस्तरीय होटल तथा रेस्टुरेन्ट, सुरक्षित एवं शान्त वातावरण र जोमिख पर्दा शीघ्र उद्धारको प्रबन्ध अनिवार्य छ। साथै पर्यटक लक्षित मेला, महोत्सव, पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारमार्फत निम्ता र एनआरएनएमार्फत विदेशमा नेपालको पर्यटकीय गन्तव्य प्रवद्र्धन आवश्यक छ।

सरकारले पर्यटन क्षेत्र लगानीको वातावरण बनाउने, विदशी लगानीका लागि पनि पहल गर्ने, पर्यटन वर्षहरू मनाउने, विदेशी पर्यटक लक्षित विविध सेवा सुविधा र सम्मानका कार्यक्रमहरू राख्ने हो भने नेपालमा पर्यटक आगमनलाई आवश्यक बढाउन सकिन्छ। पर्यटन क्षेत्रबाट नेपालमा नसोचेको आर्थिक फाइदा हासिल हुनसक्छ।

गौतम आर्थिक लेखक तथा विश्लेषक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.