एमालेले आइतबार बोलायो सचिवालयको बैठक

एमालेले आइतबार बोलायो सचिवालयको बैठक
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले आइतबार सचिवालयको बैठक बोलाएको छ। आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएको कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

उनका अनुसार बैठकमा पार्टीको सांगठनिक गतिविधि, आगामी वैशाख ८ र ९ गते बस्ने महाधिवेशन प्रतिनिधि परिषद् बैठक र वैशाख १० गते पार्टी स्थापना दिवसको तयारी र समसामयिक राजनीतिबारे  छलफल हुनेछ।

यता नेकपा एमालेलाई समाजवादी मोर्चामा भित्र्याउने कसरत अगाडि बढेको छ। नयाँ सत्ता समीकरणमा वामपन्थी दलहरुको बाहुल्यता भएसँगै एमालेलाई समाजवादी मोर्चामा ल्याउन छलफल अगाडि बढेको हो। 

समाजवादी मोर्चाका संयोजक रहेका नेकपाका महासचिव नेत्र विक्रम चन्द‘विप्लव’बिहीबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका थिए। नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई लिएर विप्लवले ओलीसँग संक्रमणकालीन न्याय र समसामयिक विषयमा छलफल गरेका थिए। 

आज बिहान बालुवाटारमै समाजवादी मोर्चाको बैठक समेत बसेको थियो। एमालेको नेतृत्वमा सत्ता गठबन्धन बनेसँगै समाजवादी मोर्चामा एमालेलाई समावेश गर्ने विषयले प्रवेश पाएको हो।

बैठकमा एमालेसहितको मोर्चा बनाउने गर्ने निर्णय भएको छ । त्यसका लागि पुन: माओवादी अध्यक्ष प्रचण्ड लगायतले एमालेका अध्यक्ष ओलीसँग थप छलफल गर्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.