सर्वोच्च देश, सर्वोच्च परिवेश

सर्वोच्च देश, सर्वोच्च परिवेश

विश्वको सबैभन्दा उच्च देश नेपाल। नेपाल भूमिमा जन्म लिनु पाउनु हाम्रो अहोभाग्य हो। हामी यसै महान् हुन पाएका छौं।

जय होस् ! विश्वको सबैभन्दा उच्च देश नेपाल । नेपाल भूमिमा जन्म लिनु पाउनु हाम्रो अहोभाग्य हो। हामी यसै महान् हुन पाएका छौं। यो कुरा हामी कसैका मनमा प्रादुर्भाव भएका छन् ? छैनन्। हामी कति अनभिज्ञ रहेछौं– काठमाडौंको दक्षिण भाग सिपाडोलमा डोलेश्वर महादेवको मन्दिर छ तर भारतका एउटा बाबाले डोलेश्वर भारतका प्रख्यात जगन्नाथको शिर हो भनिदिए। र त ‘ओहो डोलेश्वर त जगन्नाथका शिर पो रहेछन् !’ भन्ने थाहा पायौं।

जहाँ जगन्नाथ भनेका हामी नेपालीका चार धाममध्येका एक रहेछन्। अहिले आएर बल्ल हाम्रा आँखा खुले। त्यस्तै यहाँ हामीले मानिआएका हाम्रा देवीदेउता जति छन्, ती सबैका नाउँबाट स्थापित भएका हिमालयका काखमा कुण्डहरू छन्। ती कुण्हरूको पनि हामीलाई मतलवै छैन। ती कुण्ड यस्ता हुन् भनेर कोही विद्धान् आएर भनिदिनु पर्छ हामीलाई। अनि बल्ल ती कुण्डलाई ‘ओहो ! यी कुण्ड त यस्ता पो रहेछन् !’ भनेर मान्न थाल्छौं। अहिले केवल एउटा कुण्डको अस्तित्व खुलेको छ– गोसाइँकुण्ड र त्यहाँ दशहरा जनैपूर्णिमा जस्ता पर्वमा नुहाउन जान्छौं।

एक सय आठ कुण्ड छन् भनेको सुनेको हो तर कतिवटा छन् ? त्यो त निश्चित छैन। व्यास गुफा व्यासऋषिले तपस्या गरेको ठाउँ यति महत्वपूर्ण छ कि आजसम्म पनि व्यासऋषिले लेखेको शास्त्रभन्दा ठूलो उच्च संसारमा कुनै शास्त्र छैन। भौगोलिक दृष्टिले पनि सगरमाथा हाम्रै देशमा छ। हाम्रो देश नेपालमा भन्दा उच्च शिखर संसारमा कहीँकतै छैन। हाम्रो शास्त्रभन्दा उच्च र विशाल कसैका शास्त्र छैनन्। हेर्नोस् त हामीले गर्व गर्ने कुराहरू कति धेरै छन् ?

जनक राजाकी छोरी सीताको जन्म नेपालमै भयो। बाल्मीकि ऋषिले तपस्या गरेको ठाउँ बाल्मीकि आश्रम पनि नेपालमै। शिवले तपस्या गरेको हिमालय पर्वत होस् वा पार्वतीले जन्म लिएको पर्वत, दुवै नेपालमै छन्। मानिआएका सबै देवीदेवताको वासस्थान यहीँ छन्। अनेक कुण्ड यहीँ छन्। वास्तवमै ‘नेपाल त स्वर्ग हो’। केबल हामीले पहिचान गर्न सकेका छैनौं अनि छैनौं यी यावत विषयमा चिन्तन–मनन र प्रचार–प्रसार। विश्वले देवत्वको रूपमा मानिआएका गौतम बुद्धको जन्म नेपालमै भएको हो। भारतले मानिआएका चार धाममध्येको एक श्रीपशुपतिनाथ र मुक्तिनाथ पनि नेपालमै छन्।

नेपाल देशको गरिमा वर्णन गरिनसक्नु छ। यसका गुह्य कुरा हामीलाई थाहै छैन। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आएर ‘यो पशुपतिनाथको देश’, ‘मुक्तिनाथको पावन भूमि’, ‘गौतमबुद्ध जन्मिएको देश’ अनि ‘ऋषिमुनिको देश’ भनेपछि हाम्रो नाक घिरम्लो जत्रो भएको थियो। कस्तुरीले आफ्नो विनाको बास्ना कताबाट आयो ? भनेर खोज्दै हिँडेजस्तो हाम्रो हालत त्योभन्दा कम छैन। अघि नै पनि भनें– यो नि अरूले आएर भनेपछि बल्ल हामीले थाहा पायौं– हामी त ऋषिमुनिका सन्तान रहेछौं। ‘ओहो !’ भनेर हाम्रो छाती फुल्यो, हामीलाई गौरव लाग्यो। सबै कुरा सुनेपछि त जुरुङ काँडा उम्रिए हाम्रा। अनि पो लाग्यो– हामी त वास्तवमै कोहीभन्दा कम रहेन छौं। पितापूर्खाहरूले के गरेका थिए र ? हाम्रा पूर्खाले आर्जेको मुलुक भनिएको होला ? हाम्रो गौरवका गाथा किन भनिएको होला ? यसै भन्थ्यौं। वास्तवमा यसो भएर पो भनिएको रहेछ भन्ने बल्ल हामीलाई महसुस हुनथाल्यो। नारदको जन्म नेपालकै लार्के भन्ने ठाउँमा भएको हो भनिन्छ।

हाम्रा शास्त्रहरूको अध्ययन र अनुशरण गरेर पश्चिमाले विकासको ढोका खोलेका हुन्, समग्र प्रगति गरेका हुन् भन्नेसम्म हामीलाई नै थाहा छैन। कतिसम्म भने हामी पुर्खौंदेखि मनाउँदै आएको आफ्नै धर्मसंस्कृतिसँग अनभिज्ञ जस्तै बनिरहेका छौं। कैयौंलाई अझ खासगरी युवा पुस्तालाई धर्मसंस्कृतिको गहिरो ज्ञान छैन। यसप्रति उनीहरूको बुझाइ र दृष्टिकोण अत्यन्तै कमजोर छ। अरूले गरेको बढाइचढाइले हामी कतिपयको मन बगेको छ। मूल नदी र बर्खे नदी छुट्याउन सकिरहेका छैनौं। मूल नदीमा बसेर पनि सुकिजाने नदी राम्रो हो हाम्रो भनिरहेछौं हामी। ‘परोपकाराय पुन्याय पायाय परपीडनम्’ अर्थात् आपूmलाई भोक लाग्दा अरूलाई पनि भोक लाग्छ भन्ने सम्झनुपर्छ।

‘मातृवत् पर दारेषु पर द्रव्येषु लोष्टवत् आत्मावत सर्वभुतेषुया पश्यति स पण्डित’ अर्थात् पण्डित त्यसै हुँदैन मानिस। यस्ता कुरा अध्ययन–मनन गर्ने व्यक्ति नै पण्डित हो, महान् हो भनिएको छ। भनेपछि हाम्रो धर्म–संस्कृति कति महान् छ ? जरैदेखि सोच्ने कि ? हाम्रो धर्मसंस्कृति भनेकै मानवतावादी र विश्व भाइचाराको संस्कृति हो। यति महान् धर्मसंस्कृति कसको छ ? कहाँ छ ? यो दुनियाँमा हुन त सबै धर्मले मानव कल्याण गर्नुपर्छ त भन्छन् तर यति महान् धर्मसंस्कृति कसैका छैनन्। बुद्धले जुन धर्म कार्यान्वयन गरेर देखाए। त्यो नै हाम्रो धर्मसंस्कृति हो जसलाई आज विश्वले मानेको छ।

आजको विश्व यति तनावग्रस्त छ कि यदि यो विश्वले हाम्रा यस्ता नैतिक नियमको अनुशरण गर्ने हो भने त्यो विषम परिस्थितिबाट मुक्ति पाउँछ। यो विश्व भाइचाराको मार्गमा प्रवेश गरे सारा ब्रह्माण्डको कल्याण हुनेछ। आफू नखाएर पनि साँझमा आएको पाहुनालाई पेटभरि खुवाएर सन्तुष्टि गराउने पन केवल नेपालीपन नै हो। पतिब्रता, पत्नीब्रता हुनुपर्छ, बाटोमा पिसाब फेर्न हँुदैन, नदीनाला पानीमा दिसा–पिसाब गर्नु हुँदैन। यी त्यसै भनिएका थिएनन्। अहिले आएर बल्ल हामीलाई थाहा हुँदै छ।

हाम्रो धर्मले नेपाल र नेपालीमात्र होइन, सारा विश्वकै ठूलो कल्याण हुनेमा ढुक्क हुन सकिन्छ। कसैप्रति कुदृष्टि नलगाऊ, आफूलाई चिमोट्दा दुख्छ भने अरूलाई पनि चिमोट्दा दुख्छ भन्ने भावनाले काम गर भनेको छ भनेपछि कति विचार पुर्‍याएर यी कुरा आए होलान्। कति महान् छन् हाम्रा नैतिक नियम? यस्तो संसारमा कसैको नीतिनियम छन् ? छैनन् नि ! हामीलाई त यो नजिकको तीर्थ हेला हुन्छ भन्छन् नि ! हो त्यस्तै भएको हो। बिस्तारै विश्व फर्किंदै छ।

बुझ्ने थोरै होलान् तर बुझेकाहरूले अध्ययन, अनुसन्धान, मनन र अनुशरण गरिरहेकै छन्। हाम्रा यी सारा वैदिक परम्परा बुझेको र अपनाएको भए, अध्ययन अनुशरण गरेको भए आज न रुसले युक्रेनलाई हान्थ्यो, न त इजरायलले हमासलाई। न हमासले इजराइलसँग निहुँ खोज्थ्यो, नयुक्रेनले रुससँग निहुँ खोज्थ्यो। हाम्रा नैतिकनियम यति विशाल छन् कि संसार एकआपसमा बाँधिएर एकअर्कालाई कल्याण गर्नुपर्छ भन्ने नै सन्देश दिन्छ। यसरी विश्व खाली मानव कल्याण र विकासतिर लागे यो ब्रहमाण्ड नै उच्च पथमा लम्किन्छ कि बयान गरी साध्य छैन। यसो हुन सके कति हो कति अलौकिक पथमा लम्किन्थ्यो ब्रह्माण्ड !
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.