दीपक र सन्तोषीलाई उपाधि

दीपक र सन्तोषीलाई उपाधि
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको हाफ म्याराथनमा स्वर्ण जितेका छन्। दीपक पुरुष र सन्तोषी महिलामा पहिलो भएका हुन्। एसियन क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपका दोहोरो स्वर्ण विजेता दीपकले निर्धारित २१ किलोमिटर दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा पूरा गरे। 

साग स्वर्णधारी (५ हजार मिटर दौड) एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्ड समयमा दोस्रो र पर्वतका तीर्थ पुन १ घण्टा ७ मिनेट ४३ सेकेन्ड समयमा तेस्रो भए। आर्मीका नरेन्द्र रावल चौथो र आर्मीकै खड्कबहादुर खड्का पाँचौं स्थानमा रहे।

साग स्वर्ण विजेता (१० हजार मिटर दौड) र ढाका म्याराथन (४२.१९५ किलोमिटर) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १ घण्टा २० मिनेट १९ सेकेन्डको समय लगाइन्। १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा नेपाल पुलिस क्लबकी राममाया बुढा दोस्रो र १ घण्टा २३ मिनेट ०२ सेकेन्डमा ढाका म्याराथनकी स्वर्ण विजेता एपीएफकी पुष्पा भण्डारी तेस्रो बने। 

आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले चौथो र एपीएफकी फुलमती रानाले पाँचौं स्थानमा दौड टुंगाए। पुरुष-महिला दुवैमा शीर्ष पाँच स्थान हात पार्नेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाए।

नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका खेलाडीको वर्चस्व रह्यो। पाँचौं स्थानसम्म आउने खोलडीलाई निर्धारण गरिएको नगद पुरस्कार आर्मीका खेलाडीले हात पारे। मुकेशबहादुर पालले ३१ मिनेट १८.५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए। सञ्जय श्रेष्ठ (३१ मिनेट २४.१४ सेकेन्ड) दोस्रो र राजेन्द्र राई (३१ मिनेट ३४.३८ सेकेन्ड) तेस्रो भए। सुवास कार्की चौथो तथा श्रीकाश राई पाँचौं भए। पहिलोदेखि पाँचौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे। 

महिला खुला ५ किलोमिटर दूरी २१ मिनेट ३० सेकेन्डमा पूरा गरेकी आर्मीकी सिर्जना पाण्डेय पहिलो भइन्। पुलिसकी राजपुरा पछाईं (२१ मिनेट ३८ सेकेन्ड) दोस्रो, आर्मीकी निर्मला केसी (२२ मिनेट ३० सेकेन्ड) तेस्रो, एपीएफकी आशा रावत चौथो र पुलिसकी सुमित्राकुमारी चौधरी पाँचौं भए।

विद्यालयतर्फ कक्षा १२ सम्मको पुरुष ५ किलोमिटरमा विश्वराम कुँवर पहिलो, बादल कार्की दोस्रो, विकेश घिमिरे तेस्रो, कृष्ण परियार चौथो र आशेषकुमार क्षत्री पाँचौं भए। विद्यालयतर्फ नै कक्षा १२ सम्मको महिला ३  किलोमिटरमा कल्पना बुढा, अस्मिता भुजेल, अमिशा राई, आयुष्मा आचार्य र सम्झना राई क्रमशः शीर्ष पाँच स्थानमा रहे। 

ह्विलचेयरको पुरुष ३ किलोमिटरमा रामकाजी मिजार पहिलो, रमेश खत्री दोस्रो, प्रेमबहादुर विक तेस्रो, दीपक आलेमगर चौथो र विष्णुपुकार श्रेष्ठ पाँचौं भए। सोही स्पर्धाको महिलामा ऐश्वर्यकुमारी कुमालले स्वर्ण, यामी झाक्री मगरले रजत र रजनी राईले कांस्य जित्दा पेमा छोक्पा गुरुङ चौथो र बबिता थापा पाँचौं स्थानमा रहे।

महिला खुला ५ किलोमिटर, विद्यालयतर्फ पुरुष ५ किलोमिटर र पुरुष÷महिला ह्व्लिचेयरका विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रोले १५ हजार नगद पुरस्कार जिते। चौथोले १० हजार र पाँचौंले ५ हजार नगद पुरस्कार हासिल गरे। विद्यालयतर्फ महिला ३ किलोमिटरमा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार हात पारे।

विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, विश्व भेटेरिनरी एसोसिएनका अध्यक्ष राफेल लागुइन, आयोजक संघका अध्यक्ष डा. रामकृष्ण खतिवडा, राइट टु प्रोटिनका संयोजक डा. सितलकाजी श्रेष्ठलगायतले पुरस्कृत गरे। विश्व भेटेरिनरी संघका अध्यक्ष राफलले नेपाल भेटेरिनरी संघलाई वर्ष २०२३ को अवार्डसहित ५ हजार अमेरिकी डलर पुरस्कार प्रदान गरेका थिए। त्यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए। तेस्रो संस्करणमा ७ हजार बढी प्रतिस्पर्धीको सहभागिता रहेको आयोजकले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.