ओलीको लचकता

ओलीको लचकता

नयाँ गठबन्धन बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको तिखो बोलीवचन पनि अहिले सुमधुर बनेको छ। माधुर्य थपिएका छन् बोलीमा।

चैत ६ गतेको अन्नपूर्ण पोस्ट्को मुख्य विवेचनात्मक समाचारका रूपमा छापिएको ‘ओलीको अनौठो लचकता, ती ओली यी ओली’ पढेपछि मनमा नयाँ कुरा खेल्न थाल्यो। ‘मानिसमा आकाश–जमिनको फरक हुने यस्ता व्यावहारिक परिवर्तनको शक्ति कसरी र कहाँबाट आउँछ ?’ यो प्रश्नले डेरा जमायो मष्तिस्कमा। आफैं चित्त बुझाएँ राजनीतिमा जे पनि सम्भव छ भन्दै।

राजनीति भनेकै जोखिम र सम्भावनाको खेल हो। कुनै एक परिस्थिति र घटनाक्रममा एक चोटी बोलेको कुरा अकाट्य नहुन सक्छ। समय परिस्थिति परिवर्तनशील हुन्छन्। समय र परिस्थितिअनुरूप आपूmलाई बदल्न नसक्नु अव्यावहारिक र असान्दर्भिक पनि हुन सक्छ। यस्तो परिस्थितिलाई दुई कोणबाट हेर्न सकिन्छ र मूल्यांकन पनि सोहीअनुरूप गर्न सकिन्छ। एउटा व्यावहारिकता अर्को अस्थिरता। समयअनुसार चल्न नसक्नु अव्यावहारिक हुन्छ भने छिनछिनमा रूप र बोली फेर्नु अस्थिरता हुन सक्छ। समय, परिस्थिति र पर्यावरण अनुरुप आफूलाई ढाल्न नसके त्यो वस्तु वा प्राणीको अस्तित्वसमेत मेटिन्छ यो लोकबाट भनेका छन् वैज्ञानिक चाल्र्स डार्विनले।

ओली नेपालको राजनीतिको फाँटमा एक दृढइच्छा शक्ति भएका अनि सामान्य घटना र परिवेशमा बिचलित नहुने नेताको रूपमा पनि चिनिन्छन्। अहिलेसम्म उहाँसँग प्रत्यक्ष भेटघाट गर्ने सौभाग्य मिलेको छैन। मिल्ने कुरा पनि भएन। न त भेट्ने चेस्टा नै गरेको छु। विभिन्न सञ्चारमाध्यममा आउने उहाँसित सम्बन्धित समाचार, उहाँका अभिव्यक्ति र सामाजिक सञ्जालमा भाइरल हुने उहाँका चटपटे कुरा भने प्रसस्तै पढेसुनेकै हो। नेकपा एमालेको अध्यक्ष भएपछि देखिएको उहाँको नेतृत्वशैली, आध्यात्मिक र सैद्धान्तिक ज्ञान, प्रतिस्पर्धी दलहरूसितको व्यवहार र सम्बन्ध, आफूलाई असहयोग गर्नेहरूको हुर्मत निकाल्ने क्षमता, वैदेशिक सम्बन्ध तथा कूटनीतिक दक्षता, सहकार्यको अभ्यासका प्रयासहरू र आफ्नो अनि पार्टीको हितको सम्बन्धमा दूरगामी असर गर्ने निर्णयहरू सब जगजाहेर कुरा हुन्।

नेकपा एमालेले सुरु गरेको मिसन ८४ अभियानअनुसार आगामी चुनावमा एकल पार्टी स्पष्ट बहुमतको लक्ष्य लिएको थियो पार्टीले। तर, यही समयमा संयोग भनूँ कि नियति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाउनुभयो। नेपाली कांग्रेसको स्थानमा नेकपा एमाले बन्न पुग्यो मुख्य साझेदार पार्टी। मेरो अनुमानमा हालसालै बनेको नयाँ गठबन्धन सरकारको आयु कम्तीमा पनि एक वर्ष लम्ब्याउने प्रयास रहनेछ कमरेड ओलीको। यदि उहाँका राजनीतिक चालहरू मैले देखे र बुझे जस्तै सही हुन् भने। यी मेरा अनुमान हुन्। अनुमान सबै सही हुनै पर्छ भन्ने हुँदैन तर सबै अनुमान गलत नहुन पनि सक्छन्।

नेपाली कांग्रेसका सभापति देउवासमक्ष बारम्बार बिसाइएका सहकार्यका प्रस्तावहरू लत्याइएपछि कांग्रेससित कमरेड ओली बिच्किएको छनक छताछुल्ल भएका छन्। अबको ओली कदम कांग्रेसलाई भुइँमै पछार्नेसम्मको हुन सक्नेछ। दुई ठूला दल मिलेर प्रचण्डको उथलपुथललाई साम्य पार्ने मनसाय सफल हुन सकेन ओलीको। कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री प्रचण्डलाई धोखा दिन नहुने सोचलाई आखिरमा प्रचण्ड स्वयंले लत्याएर कांग्रेसलाई सरकारैबाट निष्कासन गरिदिए। पुसमा बनेको सरकार निर्माणको ढाँचालाई हेर्ने हो भने कमरेड ओलीले वर्तमान सरकारमा आफ्नो हिस्सा दाबी गर्ने क्रममा सा¥है नै अकल्पनीय त्याग गरेको प्रष्टै देखिन्छ। आफ्नो मुखबाट नामसम्म पनि उच्चारण गर्न मन नपर्ने पार्टीका पुराना नेता तथा वर्तमान नेकपा एसका अध्यक्ष कमरेड माधब नेपालसमक्ष आफ्नो हदैसम्मको कोमलता प्रदर्शन पनि गर्नुभयो ओलीले। अनुहारै हेर्न नरुचाउने ओली माधव नेपाललाई प्रधानमन्त्रीका रूपमा हेर्न तयार भएजस्तो देखिए झैं लागेको छ। पछि के हुने, भित्री समझदारी के के भए ? त्यो त हेर्नै बाँकी छ।

यति साह्रो लचकता केका लागि ? मिसन ८१, ८२, ८३ वा ८४ जे पनि हुन सक्छ, मनसाय यो लचकताको पछाडी। वर्तमान प्रतिनिधिसभामा नेकपा एमालेको सांसद संख्या ७७ छ। ७८ पु¥याउनु इलामको उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउनुपर्ने छ एमालेले। यो लचकता त्यसका लािग पनि हुन सक्छ। विश्लेषकहरूले आगामी सरकार कांग्रेस र एमालेको संयुक्त गठबन्धनको सरकार बन्न सक्छ भने पनि ओलीले यो सम्भावनालाई त्यागिसकेको आभास हुन थालेको छ अब। मिसन ८४ सफल पार्न कतै भित्रभित्रै मिसन ८१ बनिसकेको त छैन ?

नेपालको संविधान २०७२ को धारा ७६(२) मा उल्लेख भएबमोजिम बनेको दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकारले विश्वासको मत गुमाएको अवस्थामा क्रियाशील हुने उपधारा (३) अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्नेछ। यसको मतलब वर्तमान कमरेड प्रचण्डको गठबन्धन सरकारले विश्वासको मत गुमाएको अवस्थामा प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य रहेको दलको सरकार बन्ने निश्चित छ। प्रधानमन्त्री प्रचण्ड बाहेकको अर्को नयाँ नेतृत्वमा गठबन्धन बन्ने गुञ्जायसै बाँकी रहने छैन त्यसबखत। नेपाली कांग्रेस ८८ सदस्य सहित ठूलो दलको रूपमा छ अहिले।

तर, नेकपा एमाले ७७, नेकपा एस १० र अर्को एउटा सानो दलबीच एकता भई सदस्य संख्या ८९ पु¥याएको खण्डमा ओली सबैभन्दा ठूलो दलका नेता बन्ने सम्भावना जिवित हुन्छ। त्यस हिसाबले ओलीको मिसन ८४ लाई ठाँटी राखी मिसन ८१ सुुरु गर्ने मनसाय पनि हुन सक्छ यो लचकताको। वर्तमान अर्थमन्त्री वर्षमान पुनले टेलिभिजन अन्तर्वार्तामा भनेको कुरा झल्झली छ। 

‘तित्राको मुखै बैरी’ यो उखान उनले ओलीको कडा बोलीबचनलाई लक्षित गरी सुनाएका थिए। त्यो बेला पुरानै गठबन्धनको सरकार थियो।

नयाँ गठबन्धन बनेपछि ओलीको तिखो बोलीबचन पनि अहिले सुमधुर बनेको छ। माधुर्य थपिएका छन् बोलीमा। गठबन्धनका सहयात्रीहरूकाबारे व्यक्त हुने पुराना बचन पनि फेरिएका छन्। सम्बन्ध सुमधुर बनेका छन्। पहिले खानसम्म गाली र कडा बचन खाएका राजनीतिक दलका नेताहरू पनि दंग छन्, कमरेडको मधुरबाणी अनि प्रशंसा सुनेर। यो लचकता, माधुर्य, सहनशीलता, सहिष्णुता कतै आँधी अघिको शान्ति त हैन ? यो रहस्यकै गर्भमा छ !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.