दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप हुने

दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप हुने
सुन्नुहोस्

बागलुङ : काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता हुने भएको छ।

काठेखोला गाउँपालिकाका आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा चैत्र २८ गतेदेखि वैशाख १ गतेसम्म वडा नम्बर २ भीमापोखरा अक्षेते बजारमा प्रतियोगिता सञ्चालन हुने सोमबार पत्रकार सम्मेलन गरी बताइएको छ।

काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिका संगम विकले गाउँपालिका क्षेत्रभित्र रहेका कला, साहित्य, संगीत र खेलकुद क्षेत्रको प्रतिभाहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले कपको आयोजना गरिएको बताए। 

उनले कार्यक्रमको माध्यमबाट गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने, खेलकुद, कला साहित्य र संगीतको माध्यमबाट सभ्य संस्कृतियुक्त शिक्षित, सक्षम, समुन्नत, विकसित, आत्मनिर्भरता सहितको समृद्धि काठेखोला निर्माण गर्ने, युवालाई खेलकुद क्षेत्रमा आकर्षित गरी काठेखोलाको खेल क्षेत्रलाई थप व्यवस्थित गर्ने र लोपोन्मुख स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्य रहेको बताए। 

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले प्रतियोगितामा गाउँपालिकाको प्रचलित एवम् पौराणिक कला, संस्कृतिहरूको संरक्षण, सम्वर्द्धन एवं प्रदर्शन गर्ने बताए। उनले प्रतियोगिताको माध्यमबाट गाउँपालिकामा रहेका संगीत संग्राहलय र जनजाति संग्रहालयको थप प्रचारप्रसार गरिने बताए। 

सो अवसरमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, दोस्रो काठेखोला लोकतारा–२०८० (गायन प्रतियोगिता), दोस्रो काठेखोला गजल प्रतियोगिता, सामूहिक नृत्य प्रतियोगिता, खुल्ला ताराखेल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, काठेखोला प्रतिभा सम्मान–२०८०, सोरठी, पञ्चेवाजा, भजन लगायतका स्थानीय झाँकी प्रदर्शनी र यानीमाया, झाम्रे, सालैजो लगायतका सांगीतिक प्रस्तुति हुने संयोजक विकले बताए। पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष राजु थापाले कपको लागो सार्वजनिक गरेका थिए। 

वडास्तरीय पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका भित्रका प्रत्यके वडाबाट एक वटा टिमले सहभागिता जनाउने कार्यक्रम संयोजक विकले बताए। भलिबल प्रतियोगिताको प्रथमले १ लाख, द्वितीयले ६० हजार र तृतीयले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो काठेखोला लोक तारा–२०८० (गायन प्रतियोगिता) तीन चरणमा सञ्चालन गरिने संयोजक विकले बताए। 

उनले पहिलो चरण र दोस्रो चरण भीमसेन माविको सभाहलमा सञ्चालन हुने र अन्तिम चरणको कार्यक्रममा ७ जना प्रतियोगितहरु बीच कार्यक्रमस्थल अक्षेते बजारमा सञ्चालन गरिने बताए। लोकतारा विजेताले ३० हजार फष्ट रनरअफले २० हजार, सेकेन्ड रनरअपले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। 

यस्तै गजल प्रतियोगिताको प्रथमले १५ हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सामूहिक नृत्य प्रतियोगिताको प्रथमले २० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै खुल्ला ताराखेल प्रतियोगिताको विजेताले ५० हजार र द्वितीयले ३० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक विकले बताए। यस्तै व्याडमिन्टन प्रतियोगिताको विजेताले १० हजार र द्वितीयले ५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएकोछ। 

प्रतियोगिताको लागि गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताए। उनले काठेखोला गाउँपालिकाको १३ औं गाउँसभाबाट ५ लाख र १४ औं गाउँसभाबाट १५ लाख रुपैयाँ विनियोजित गरिएको बताए। 

कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाका प्रवक्ता तथा कला संस्कृति तथा खेलकुद विकास समितिका संयोजक टिकासंगम विकको संयोजकत्वमा ५ सदस्य सचिवालय गठन गरिएको छ। सचिवालयको सदस्यमा कृष्णप्रसाद कँडेल, डिलबहादुर कार्की, बाबुराम भण्डारी र मनोज कार्की रहेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.