धनगढीका मेयर गोपाल हमालकी छोरी गोवाबाट सम्पर्कविहीन

धनगढीका मेयर गोपाल हमालकी छोरी गोवाबाट सम्पर्कविहीन
तस्बिर: मेयर हमालको फेसबुकबाट
सुन्नुहोस्

धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कविहीन भएकी छन्। भारतको गोवामा बस्दै आएकी उनी सोमबादेखि बेपत्ता भएको मेयर हमालले जानकारी गराएका छन्।

उनी भारतको जोरबा वाइब आस्बिन ब्रीजबाट सम्पर्कविहीन भएको मेयर हमालले बताएका छन् । छोरी बेपत्ता भएपछि मेयर हमालले खोजिका लागि आग्रह गरेका छन्। आरती ओशो साधन हुन्। उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवा बस्दै आएकी थिइन्।

'मेरी जेठो छोरी आरती ओशो साधक हुन्। उनी केही महिनादेखि  ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिइन । हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कबिहीन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने  शुभचिन्तक दाजुभाइ, दिदिबहिनीहरूले  खोजी  कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु,'उनले सामाजिक सञ्जालमा लेखेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.