तीन संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री उपस्थित हुने

तीन संसदीय समितिको बैठक बस्दै, राज्य व्यवस्था समितिमा गृहमन्त्री उपस्थित हुने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : संघीय संसद् अन्तर्गतको ३ वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बुधबार बिहान ११ बजे बस्न लागेको हो। 

सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेपनि सहभागी हुनेछन्। संसद सचिवालयका अनुसार आजको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। 

राज्य व्यवस्था तथा सुशासन समितिमा पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन माग गर्दै पीडितले निवेदन दिएका छन्। बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडासमक्ष सूर्यदर्शन बचत पीडित संघर्ष समितिले निवेदन दिएका थिए। उक्त सहकारीले १८ हजार ७०० बचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने भएपनि विगत २ वर्ष यता कसैले पनि फिर्ता पाउन नसकेको बचतकर्ताको भनाई छ। उक्त विषयपनि समिति बैठकमा मिलाएर छलफल गराउने सभापति खतिवडाले पीडित समक्ष बताएका थिए।

पीडितहरुको निवेदन बुझ्दै खतिवडाले राज्यले बचतकर्ताको रकम फिर्ता गरेर पीडितहरुको समस्या समाधान गर्न लागिपर्ने बताए। उनले समितिको तर्फबाट सरकारलाई ध्यानाकर्षण गराउने र पीडितलाई न्याय दिन पहल गर्ने बताएका थिए।

यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची तय भएको छ।
 
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्य योजनालगायत विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.