राज्य व्यवस्था तथा सुशासन समितिको बैठक

गृहमन्त्रीसमक्ष सांसद पन्तले भने : हतियार इजाजत दिने नीति परिमार्जन गरौं

गृहमन्त्रीसमक्ष सांसद पन्तले भने : हतियार इजाजत दिने नीति परिमार्जन गरौं

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले हतियारको इजाजत दिने नीति परिमार्जन गर्न माग गरेका छन्। बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले लाइसेन्स लिएर राखिएका हतियारको दूरुपयोग भयो भने को जिम्मेवार हुन्छ भन्दै प्रश्न गरेका छन्। 

उनले सयौं गोली बोकेर हिँड्ने हतियार राख्न दिँदा सार्वजनिक र राष्ट्रिय सुरक्षा कमजोर हुने तर्क गरे।

‘लाइसेन्स लिएर क-कसले हतियार राखेका छन्, के कति छन् ? कति हजारको संख्यामा छन्, रेकर्ड छ/ छैन ? हतियार फिर्ता लिनुपर्ने आवश्यकता ठान्नुभएको छ कि छैन ?’ गृहमन्त्री रवि लामिछानेतर्फ संकेत गर्दै उनले प्रश्न गरे,‘दुर्गा प्रसाईंलाई जुन प्रकारको हतियार कसरी दिइयो, त्यो प्रकारका हतियार हेर्दा तपाईंहरुले हतियार दिने कानुन पनि फेर्नुपर्छ लागेको छ कि छैन ? अब त, हतियार दिने नीति पुनर्विचार र परिमार्जन गर्नुपर्‍यो। गृह मन्त्रालयको सोच के हो ? दिएको छ भने फिर्ता लिने र नीति परिमार्जन गर्ने सोच छ कि छैन ?’

राज्यले जनतालाई सुरक्षा दिनुपर्ने भन्दै सांसद पन्तले व्यक्तिगतरुपमा हतियार बोक्नु नपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए।

उनले गृहमन्त्रीलाई गुप्तचर संस्थालाई बलियो बनाउन आग्रह गरे। पन्तले भने,‘हाम्रो राष्ट्रिय सेक्युरिटी सिस्टमलाई थ्रेट आउने कुरालाई बलियो बनाउन कति काउन्टर जासुसी संयन्त्र चाहिन्छ, सरकारले सोचिरहेको छ कि छैन ?’

उनले पारिबाट (भारतबाट) तराईंमा साम्प्रदायिक द्वन्द्व गराउन प्रयास भइरहेको भन्दै तराईंमा केहि संकेत पनि देखिन थालेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। संसद सचिवालयका अनुसार आजको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.