गृहमन्त्रीलाई सांसदको प्रश्न : गिरिबन्धु टी स्टेट प्रकरणमा छानबिन गर्न सक्नुहुन्छ ?

गृहमन्त्रीलाई सांसदको प्रश्न : गिरिबन्धु टी स्टेट प्रकरणमा छानबिन गर्न सक्नुहुन्छ ?
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सांसद हृदयराम थानीले झापास्थित गिरिबन्धु टी स्टेटको छानबिन के भइरहेको छ भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन्। बुधबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै‌ समिति सदस्य समेत रहेका थानीले गिरीबन्धु टी प्रकरणमा छानबिन गर्न सक्नु हुन्छ कि हुँदैन ? भन्दै गृहमन्त्रीलाई  प्रश्न समेत गरेका छन्।

'गठबन्धनमा हुनुहुन्छ, मलाई थाहा छ। चर्चित घटनाक्रम छन्। मैले कसैलाई केही भन्न खोज्या छैन। गिरिबन्धु टी स्टेट चर्चित भ्रष्टाचारको रुपमा छ । यो पनि जनताले प्रश्न चिन्ह लगाएका छन्।  हो, होइन छानबिनपछि  थाहा होला। तर, तपाईं यसमा हात हाल्न सक्नु हुन्छ कि हुँदैन। तपाईंको जजमेन्ट मात्रै होइन, २०८४ को मिसन मात्रै होइन, तपाईंको मिसनमा कटराव हुने देखिन्छ,'उनले भने,' गिरिबन्धु टी स्टेटमा के गर्दै हुनुहुन्छ?'

गठबन्धनले सबै कालखण्डका भ्रष्टाचारको छानबिन गर्ने बताएको भन्दै सांसद थानीले सबै कालखण्ड भनेका  को- को हुन् भनी प्रश्न समेत गरे।

'गठबन्धनले सबै कालखण्डका भ्रष्टाचारको छानबिन गर्ने भन्नेछ। तपाईं फेलामा पर्नु भएको छ। सबै कालखण्ड भनेका के- के हुन् । मत सबै बुझ्दिन। अब सुन काण्ड भनेर व्यापाक छ। सचिवालय पनि मुछियो भन्नेछ। कसैको सचिवालय नै सुनकाण्डमा मुछिएपछि यो मुलुकको अवस्था के छ। तपाई धेरै बुझ्ने मान्छे हो, कतिको बुझ्नु भएको छ। थाहा छैन। सचिवालय नै गइसकेपछि यो मुलुकमा को-को छन्,'उनले भने।

यसैगरी सांसद थानीले क्यान्टोनमेन्ट,ललिता निवास, वाइडबडी,यति, ओम्नीप्रकरणलगायत भ्रष्टाचारको छानबिन गर्न गृहमन्त्रीको तयारी के छ ? भन्दै अर्को प्रश्न गरे।

उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या घटनाको छानबिन नभएको भन्दै  आपत्ती जनाए। ' तपाईं पहिलो पटक गृहमन्त्री भएर मन्त्रालयमा आउँदा  निर्मला पन्त हत्या घटनाको छानबिन गर्छु भनेर पहिलो निर्णय सार्वजनिक गर्नु भएको थियो। तपाईं केही दिनमै निस्कनु भयो।  फेरि आउनु भएको छ ।  के साँच्चिकै तपाईं  आफैले गरेको पहिलो निर्णयको छानबिन गर्नुहुन्छ ?'


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.