एमाले उदयपुरको अध्यक्षमा पाँच जनाको उमेदवारी दर्ता

एमाले उदयपुरको अध्यक्षमा पाँच जनाको उमेदवारी दर्ता
सुन्नुहोस्

उदयपुर : नेकपा एमाले उदयपुरको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा पाँच जनाले उमेदवारी दर्ता गराएका छन्। मंगलबार नेकपा एमालेका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेको नवौं जिल्ला अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गरिएको हो।

नयाँ नेतृत्व चयनका लागि सुरु भएको निर्वाचनमा अध्यक्ष पदमा निवर्तमान अध्यक्ष परमेश्वर घिमिरेसहित पुर्व कोशी प्रदेश कमिटी सदस्य भागवत राउत, बिमल कार्की, गोपालबहादुर खत्री र खड्गबहादुर परियारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत हिमाल खड्काले जानकारी दिए। 

त्यस्तै उपाध्यक्षमा निवर्तमानसचिब तथा चौदण्डिगढी नगरपालिकाका मेयर कालुमान लामा, निवर्तमान उपसचिब भरतबहादुर थापा र कोसी प्रदेश कमिटीका पूर्व सदस्य दिलबहादुर तामाङको मनोनयन दर्ता भएको छ। सचिव पदमा निवर्तमान उपसचिव टेकबहादुर राउत, प्रदेश कमिटीका पूर्व सदस्य शम्भु पौडेल र जिल्ला कमिटी सचिवालय सदस्य महेश रोक्काको मनोनयन दर्ता भएको छ।

उपसचिव महिलामा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, कटारी नगरपालिकाका उपमेयर गिता खड्का र गंगा राईको मनोनयन दर्ता भएको छ। त्यस्तै उपसचिव खुलातर्फ हेमबहादुर खड्का, जिवनाथ दाहाल, मन्दिप राई, धर्मबहादुर तामाङ, दुर्गानन्द चौधरी र नारद निरौलाको मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक खड्काले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.