आयरल्यान्ड एले नेपाल एलाई दियो २२३ रनको लक्ष्य
काठमाडौं : आयरल्यान्ड एले नेपाल एलाई २२३ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिबि क्रिकेट मैदानमा शुक्रबार टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर २२२ रन बनायो।
आयरल्यान्डका लागि पिटर मुरले सर्वाधिक ४९ रन बनाए। त्यस्तै केड कारमिचेलले ३८, स्टेफेन दोहनीले ३४, निल रकले ३८ र ग्रेथ डीलेनीले अविजित ३० रन बनाए।
नेपालका लागि कमलर ऐरीले ३ विकेट लिए। त्यस्तै सागर ढकाल र आरिफ शेखले १-१ विकेट लिए।