काठमाडौं,पोखराबाट चीनका विभिन्न सहरमा थप उडान सञ्चालन गर्न चीन सकारात्मक : परराष्ट्रमन्त्री

काठमाडौं,पोखराबाट चीनका विभिन्न सहरमा थप उडान सञ्चालन गर्न चीन सकारात्मक : परराष्ट्रमन्त्री
तस्बिर : दिपेन श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमण महत्वपूर्ण र सफल भएको बताएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो भ्रमणले दुई देशबीचको आपसी सदभाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

उनले काठमाडौं र पोखरा तथा चीनका विभिन्न सहरबीच थप उडानहरू सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएको बताए। यसले दुई देशबीचको व्यापार र जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियँ पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

परराष्ट्रमन्त्री श्रेष्ठले बेल्ट एन्ड रोड इनिसिएटिभको कार्यान्वयनका योजनालाई अन्तिम रुप दिइ कार्यान्वयन गर्नेबारे छलफल भएको बताए।

यसैगरी नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको उनको भनाइ छ।

उनले  आगामी  २८-२९ अप्रिल मा काठमाडौंमा आयोजना हुने तेस्रो नेपाल लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताहरूको बढीभन्दा बढी सहभागिताका लागि अनुरोध गरेको बताए।

यसमा उच्चस्तरीय चिनियाँ नेतृत्वले उक्त उम्मेलनमा सहभागिताका लागि चिनियाँ लगानीकर्ताहरूलाई प्रोत्साह गर्ने प्रतिबद्धता जनाए।
चीनका परराष्ट्रमन्त्री वाङ यीको निमन्त्रणामा यही चैत ११ देखि १९ गतेसम्म नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री श्रेष्ठ चीन गएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.