आयरल्याण्ड 'ए'विरुद्ध नेपालको खराब प्रदर्शन, चार विकेट गुम्यो
काठमाडौं : आयरल्याण्ड 'ए'विरुद्ध टी ट्वान्टी अभ्यास खेलअन्तरगत तेस्रो खेलमा नेपाल 'ए' ले खराब प्रदर्शन गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ८८ रन जोड्दा ४ विकेट गुमाएको हो।
नेपालको सुरूवात नै राम्रो हुन सकेन। ८ रन जोडेर पहिलो विकेटका रुपमा लोकेश बम आउट भए। त्यसपछि ७ बलमा ६ रन जोडेर देव खनाल र ८ बलमा ११ रन जोडेर क्याप्टेन विनोद भण्डारी आउट भए।
नेपालले बसिर अहमदलाई चौथो विकेटका रुपमा गुमायो। अहमदले २१ बलमा १९ रन जोडेर आउट भए। अहिले क्रिजमा आरिफ सेफ र पवन सराफ छन्।