बागमती प्रदेशमा एमालेबाट थप चार जना मन्त्री नियुक्त हुँदै
हेटौंडा : बागमती प्रदेशमा नेकपा एमालेबाट थप ४ जना मन्त्री नियुक्त हुँदैछन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै थप चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
नेकपा एमालेबाट जगन्नाथ थपलियाले आइतबार अर्थ मन्त्रालयको जिम्मेवारी पाएका थिए। आजै साँझ एकालाल श्रेष्ठ, केशवप्रसाद पोखरेल, प्रकाश श्रेष्ठ र रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्न लागिएको एमाले निकट स्रोतले जनाएको छ।
एकालाललाई खानेपानी उर्जा तथा सिंचाई, रामेश्वरलाई स्वास्थ्य, केशवलाई वन तथा वातावरण र प्रकाशलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गर्न लागिएको हो। आज नियुक्त हुन लागेका ३ जना पूर्वमन्त्री हुन् भने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ (ख) बाट निर्वाचित सांसद प्रकाश श्रेष्ठ नयाँ थपिएका हुन्।