एक हप्तामा २८ जनामा कोरोना संक्रमण

एक हप्तामा २८ जनामा कोरोना संक्रमण

काठमाडौं : मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विगत एक हप्तामा २८ जनामा कोरोना संक्रमण देखिएको छ। ती संक्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका रहेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौला कोरोना सङ्क्रमित फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताए।

'मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी आउने गरेका छन्। तर, बाहिर हल्ला गरेजस्तो कोरोना सङ्क्रमित अस्पतालमा छैनन्,' उनले भने।

निर्देशक डा. बसौलाका अनुसार अहिले तीन संक्रमितले सघन उपचार कक्ष (आइसीयु) र दुई जनाले  शय्यामा उपचार गराइरहेका छन्। अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.