पर्साको हुलाकी सडकमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, १ गम्भीर घाइते

पर्साको हुलाकी सडकमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, १ गम्भीर घाइते
सांकेतिक तस्बिर।

वीरगन्ज : पर्साको सखुवा प्रसौनी गाँउपालिका-६ लखनपुर स्थित हुलाकी सडकमा मंगलबार बेलुकी दुई वटा मोटरसाईकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा दुबै मोटरसाइकलका चालक गम्भीर घाइते भएकोमा एक जनाको अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको हो। 

गण्डक नहरभन्दा उत्तरपट्टि सखुवा प्रसौनी-६ अन्तर्गतको लखनपुर र जगर्नाथपुर गाउँपालिका अन्तर्गतको प्रसौनी गाउँको बिचमा रहेको हुलाकी सडकमा बेलुकी ८ बजेतिर दुई विपरीत दिशाबाट आउँदै जाँदै गरेका ना ७ प २६०३ र प्रदेश २-३ ००९ प ५३१५ नम्बरको मोटरसाइकल  आपसमा ठोक्किएर भएको दुर्घटनामा परी वै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।

स्थानीयबासी र प्रहरीले दुवै घाइतेलाई उद्धार गरी एम्बुलेन्समा राखेर  उपचारका लागि वीरगन्ज पठाएका थिए
तीमध्ये ना ७ प ५३१५ नम्बरको मोटरसाइकल चालक पर्साकै जगरनाथपुर गाँउपालिका-४ सुहपुरका अन्दाजी ३० वर्षीय
हरिन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

अर्का गम्भीर घाइते पर्साकै वीरगन्ज महानगरपालिका- ३छपकैयाका ४२ वर्षीय शेख जावेद आलाको भने नारायणी अस्पतालको आइसियुमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको थापाले बताए ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.